site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ब्लाइन्ड अडिसन सुटिङ भइसकेको ‘द भ्वाइस अफ नेपाल’ किन भएन प्रशारण ?

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रशारण शुरु हुन अझै एक महिना लाग्ने भएको छ । ब्लाइन्ड अडिसनका १२ वटा श्रृंखला सुटिङ भइसके पनि प्रशारणका लागि भने अझै एक महिना लाग्ने भएको हो । यसअघि असारको दोस्रो हप्ताबाट प्रशारण हुने आयोजकले जनाएको थियो ।

“सुटिङ सकिए पनि पोस्ट प्रोडक्सनको काम भइरहेको छ । एडिटिङमा समय लाग्ने भएकाले पनि केही ढिलो भएको हो,” ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बाह्रखरीसँग भने, “पोष्टसँगै लाइन–अपको काम पनि गर्नुपर्ने भएकाले अझै एक महिना लाग्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् । 

‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।

गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चारजना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् । 

कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १५:०८
प्रतिक्रिया दिनुहोस्