
काठमाडौँ । नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसरमा समाजसुधारक एवम् स्रष्टा योगमायाका नाममा स्थापित दुई सम्मान दुई स्रष्टालाई प्रदान गरेको छ । काठमाडौंमा आइतबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कवि कुन्ता शर्मालाई प्रदान गरियो भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. मातृका तिम्सिनालाई प्रदान गरियो ।
योगमाया सम्मान प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल स्रष्टा समाजले योगमायाको नाममा सम्मान र पुरस्कारको स्थापना गरेर अभियानलाई संस्थागत गर्ने उल्लेखनीय काम गरेको बताउँदै योगमायाका बारेमा वैज्ञानिक अनुसन्धान गर्न प्रज्ञा प्रतिष्ठानले पहल गर्ने पनि उनले उल्लेख गरे ।
दुवै सम्मानको राशि २५,१११ रुपैंया तथा सम्मान पत्र रहेको छ ।
स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा रमा शर्मा, कुन्ता शर्मा, डा. मातृका तिम्सिना, प्राडा गोविन्दमानसिंह कार्की, नवराज अवदोषीले बोलेका थिए ।
सो अवसरमा समाजका विशिष्ट सदस्य रेखा कँडेलले संस्थालाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरिन । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान कोषमा संस्थापक राजेश न्यौपानेले एक लाख ५० हजार थपेर अक्षयकोषको रकम तीन लाख पचास हजार पु¥याएका छन् ।