साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’की नायिका स्वस्तिमा खड्काले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेकी छन् । श्रीलंकामा जारी सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’की नायिका खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन् ।
उक्त अवार्ड फेष्टिवलमा सहभागी नायिका खड्काले लिइन् । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् भने उनको अपोजिटमा मुकुन भुषाल छन् ।
सार्क फिल्म फेष्टिवलमा नेपालबाट फिचर फिल्म ‘बुलबुल’ सँगै ‘हरि’ र ‘प्रसाद’ले सहभागीता जनाएका थिए ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६ २१:५५
प्रतिक्रिया दिनुहोस्