site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘गोविन्द एजुकेसन नेपाल बिब्वाई सिटी ०१९ प्रतियोगिता’ सम्पन्न

काठमाडौं । नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘गोविन्द एजुकेसन नेपाल बिब्वाई सिटी ०१९ प्रतियोगिता’ भक्तपुर ‘डार्कनेस क्रु’का सदस्य बिब्वाई चुन्टुले जितेका छन् ।

प्रतियोगिता जितेसँगै डिसेम्बर ७ देखि ८ सम्म ताइवानमा हुने बिब्वाई विश्व च्याम्पियनसिप प्रतियोगिताका लागि नेपालबाट बिब्वाई चुन्टुका लागि बाटो खुलेको छ । शनिबार विभिन्न पाँच विधामा भएको प्रतियोगितामा कुल १३४ प्रतिस्पर्धी सहभागि रहेको आयोजकले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायिका समृद्धि राई, र्‍यापर निर्णय डिएन एसके, प्रोफेसर ट्रिक्सलगायत उपस्थित कार्यक्रममा ‘वान अन वान अल स्टायल’मा मुकेश ढकालले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेका छन् । ‘वान अन वान अल स्टायल किड्स’ मा बिब्वाई आर्यन विजयी भएका छन् भने ‘वान अन वान अन्डिस्प्युटेड बी गर्ल’को उपाधि बि गर्ल फेथ द ब्याटल फ्युजन क्रु सदस्यले प्राप्त गरेकी छन् ।

यस्तै लेट्स ब्रेक क्रु ‘फो अन फो ब्रेकिङ’ उपाधि प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विजयी आर्यन, बि गर्ल फेथ द ब्याटल फ्युजन क्रु सदस्यले १०-१० हजार र ब्रेक क्रुले नगद रु ३० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै प्रतियोगीतमा उत्कृष्ट प्रदर्शन गर्दै योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड प्राप्त गरिन् । सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स इन्टरनेसनल अष्ट्रेलियाको नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले नगद र प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै गोविन्द एजुकेसनका कार्यकारी निर्देशक कँडेलले युवाको क्षमतालाई विभिन्न तरिकाले बाहिर निकाल्न जरुरी रहेको धारणा व्यक्त गरे ।
 

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्