site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीलाई कांग्रेस नेताको जवाफ–सांसदसँग कानुनको मात्र होईन विकास निर्माणको पनि दायित्व छ

पोखरा । बिहीबार प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सांसदको भूमिकाको बारेमा दोहोरी नै चल्यो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सांसदको काम कानुन बनाउने रहेको भन्दै योजना परेन भनेर अनिदो नबस्न प्रतिपक्षका सांसदहरुलाई सुझाव दिए । त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्रीलाई सांसदको भूमिका नसिकाउन आग्रह गरे । निर्वाचित सांसद भएपछि विकास निर्माणको दायित्व पनि रहने भन्दै उनले अर्थमन्त्रीलाई जवाफ फर्काए ।

मन्त्री गुरुङले सरकारले विकास निर्माण गर्ने र सांसदले चाहिँ कानून बनाउनुपर्ने बताए । चालु आर्थिक वर्षमा पनि यही वाक्य दोहो¥याउँदै सांसदहरुलाई बजेट नदिने बताएका मन्त्री गुरुङले आगामी आर्थिक वर्षमा भने पूर्वाधार विकास कार्यक्रमको लागि ७२ करोड रुपैयाँ छुट्याएको घोषणा बजेटमार्फत गरेका थिए ।

मन्त्रालयगत छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा कडारुपमा प्रस्तुत भएका मन्त्री गुरुङले भने,  “मैले दिएको योजना प¥यो, परेन भनेर रातभरि नसुत्ने गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मलाई निदै आएन भन्ने किन ? तपाई चाहिँ नीति बनाउने हो, विधि बनाउने हो, नीति र विधि बनाउने हो हामीले राम्रो विधि र नीति बनाउने हो कानून बनाउने हो, विधान बनाउने हो, अनि त्यसपछि आएर त्यसलाई  कार्यान्वयन गर्ने भनेको सरकारले हो, संसारभरि नै त्यही नै हुन्छ ।”

मन्त्री पश्चात कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, “माननीय अर्थमन्त्रीले बढो मिठो तरिकाले, राजनीतिज्ञले जवाफ दिनुभएको छ । तर व्यवहारिक रुपमा हेर्दा हामीलाई थाहा छ, हाउस भने कानून बनाउन आएका हौँ । हामी सबैलाई थाहा छ । तर, किन हामी योजना लिएर जान्छौँ, यदि मन्त्री जी यता भएको भए के हुन्थ्यो ? हामी राजनीतिक व्यक्ति हौँ, सिस्टमले काम गरेर एउटा पनि सिस्टम एउटा पनि सिस्टम भन्दा विरुद्ध जाँदैन भने त्यो कुरा कसरी मान्ने ? होईन, भने व्यवहारिकता के छ भने हामी प्रतिनिधी हौँ । चाहे सत्ता चाहे प्रतिपक्ष, हामी निर्वाचनबाट आएका हौँ, चाहे समानुपातिक वा प्रत्यक्ष । हाम्रा केही दायित्वहरु छन् । त्यो दायित्वलाई सरकारले महसुस गरेर विकास निर्माणमा हाम्रो पनि भूमिका चाहिन्छ भनेर २ करोड विनियोजन भएको छ । यस्तोमा तपाईहरु विधान बनाउन आउनुभएको हो, विधान बनाउनुस, बस्नुस, डेभलपमेन्सँग तपाईलाई के सरोकार भन्ने सोच राख्ने हो भने यो व्यवहारिक हुँदैन ।”

उनले, यो मुद्दा टुंगिइसकेको र मुख्यमन्त्रीबाट प्रतिबद्धता आइसकेको बताए । यस्तै उनले, राजनीतिक रुपमा र  विकास निर्माणसँग सक्रिय रहेको बताउँदै बजेट महत्वकांक्षी र वितरणमुखी रहेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro