site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धुर्मुस–सुन्तलीको चलचित्र रामबाबु गुरुङले निर्देशन गर्ने

काठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गर्न लागेको चलचित्र रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् । 

सोसल–पोल्टिकल सटायर चलचित्रको स्क्रिप्टमा अहिले काम भइरहेको सिताराम कट्टेलले बाह्रखरीलाई जानकारी दिए । “स्क्रिप्टमा काम भइरहेको छ । स्क्रिप्ट लक गरेपछि घोषणा गर्नेछौं,” कट्टेलले भने, “नाम पनि के राख्ने भन्ने भइरहेको छ । सायद पहिला बाहिर आएको नाम हुँदैन होला ।” शुरुमा एन्टिभाइरस नाम हुने बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा मुख्य पात्रमा धुर्मुस र सुन्तली नै हुनेछन् । बाँकी कलाकार फाएनल नभए पनि उनीहरुकै टिमभित्रका हुने बताइएको छ । 

“चलचित्र कहिलेबाट शुरु हुन्छ भन्ने फाइनल भइसकेको छैन,” निर्देशक रामबाबु गुरुङले भने, “उहाँहरु पनि रङ्गशालाको काममा ब्यस्त हुनुहुन्छ । म पनि ‘कबड्डी’को काममा ब्यस्त छु ।”
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १०:२३
प्रतिक्रिया दिनुहोस्