site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फ्राइडे रिलिजः ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रदर्शनमा 

काठमाडौं । फ्राइडे रिलिजमा आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘आप्पा’ र ‘कीर्तिपुर’ आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् । 

‘आप्पा’ अनमोल गुरुङले निर्देशन गरेको चलचित्र हो भने ‘कीर्तिपुर’लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘आप्पा’ बुुवा र छोराको कथा भन्ने चलचित्र हो भने ‘कीर्तिपुर’ ऐतिहासिक घटनाक्रमलाई समेटेको चलचित्र हो । 

‘आप्पा’मा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अलोना कबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की मुख्य भूमिकामा छन् भने ‘कीर्तिपुर’मा मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार समेटिएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  ०६:०१
प्रतिक्रिया दिनुहोस्