site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै, कमेन्ट गर्ने विजेतालाई स्मार्टफोन

काठमाडौं । मौलिक रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रशारण शुरु हुनेभएको । सिङगिङ रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रत्यक बिहीबार र शुक्रबार राति साढे ८ बजेबाट शुरु हुनेछ । 

‘शो’ एपीवान एचडी टेलिभिजन र रमाइलो टिभीबाट प्रशारण हुने छ भने युट्युबाट पनि लाइभ हेर्न सकिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । उनका अनुसार युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरि सेयर गर्ने दर्शक मध्य एक जनालाई कलरर्सको वानई स्मार्टफोन उपहार प्रदान गर्नुका साथै दुईवटा प्रत्यक्ष ‘शो’ हेर्ने अवसर दिइने छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजबाट प्रशारण हुने ‘शो’मा मेगा अडिसनबाट छानिएका १०९ प्रतिस्पर्धीबाट २५ जना स्थिापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिए ।  

उत्कृष्ठ १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ । 

अध्यक्ष कोइरालाका अनुसार उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टसर्ट गरिने छ । कार्यक्रमको ३६ औं श्रृखंला फाइन हुनेछ । ‘शो’मा लोक भाका मात्रै गाइने छ । 

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, रामजी खाँड,  बिबि अनुरागी सुनिता दुलाल छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १२:३५
प्रतिक्रिया दिनुहोस्