site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
क्रान्ति सुब्बाको ‘हङकङभित्र’ सार्वजनिक

काठमाडौं । लेखक क्रान्ति सुब्बाको नियात्रा कृति ‘हङकङभित्र’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।

काठमाडौंमा बुधबार संस्कृतिद्वारा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले ‘हङकङभित्र’ सार्वजनिक गरेका हुन‍् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख अतिथि उप्रेतीले कार्यक्रममा सम्बोधन गर्दै क्रान्ति सुब्बाको नियात्रा पुस्तकमा बौद्धिक खुराक रहेको उनको अभिव्यक्तिबाट आफूले महसुस गरेको बताए । 

कार्यक्रममा कवि टंक सुब्बा, कवि हाङयु अज्ञात, कवि राजेन्द्र शलभ, लेखक क्रान्ति सुब्बा, संस्कृतिका राजेन्द्र रिमाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १६:२८
प्रतिक्रिया दिनुहोस्