site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भारतका दुई दर्जन हलमा आप्पा प्रदर्शन हुँदैछ’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ भारतका चलचित्र घरमा पनि रिलिज हुने भएको छ । ‘आप्पा’ नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको हो । 

निर्देशक अनमोल गुरुङका अनुसार चलचित्र ‘आप्पा’ भारतमा च्यारिटी ‘शो’ अथवा हल बुक गरेर प्रदर्शन गर्न लागिएको नभएर डिष्ट्रब्युटरमार्फत नै रिलिज हुन लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालमा जसरी हिन्दी सिनेमा रिलिज हुँँदै आएका छन् त्यसरी नै हाम्रो चलचित्र भारतमा रिलिज हुने हो,” गुरुङ बाह्रखरीसँग भन्छन्, “आप्पापछि अरु नेपाली चलचित्र पनि निरन्तर रिलिज गर्ने हाम्रो तयारी छ । धेरै पहिला नै हुनुपर्ने काम भर्खर शुरु हुँदैछ ।”

गुरुङका अनुसार कालिम्पोङ, मिरिक, दाजिलिङ, खर्साङ, सिलगुडी, डुवर्स, ग्यान्टोक, नयाँ दिल्दी, कोलकाता, गोहाटी, सिलोङ, आसाम लगायतका ठाउँमा दुई दर्जनभन्दा धेरै हलमा ‘आप्पा’ एकसाथ प्रदर्शन हुनेछ । 
बुवा र छोराको कथामा आधारित चलचित्र ‘आप्पा’ आर्ट मुभी र कमर्सियल मुभीको फ्युजन रहेको लेखक तथा निर्देशक गुरुङ बताउँछन् । दयाहाङ राई र सिद्धान्त राज तामाङ चलचित्रको मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्