site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सानो मन’ रिलिजको मिति सर्‍यो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । असार २० गते रिलीज हुने भनिएको नेपाली कथानक चलचित्र ‘सानो मन’ असार २७ गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको काम नसकिएकाले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ । 

“हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ”, निर्माता राजेन्द्र मानन्धरले विज्ञप्ती निकाल्दै भनेका छन् । 

सुयोग गुरुङको डेब्यू निर्देशन ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । ‘सानो मन’ म्युजिकल लभस्टोरी हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १४:५६
प्रतिक्रिया दिनुहोस्