site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फिल्मभन्दा नाटक मन पर्‍यो

काठमाडौं । नायिका सुरक्षा पन्त अभिनयलाई कामभन्दा पनि साधनाका रुपमा लिन्छिन् । अभिनयलाई पैसासँग तुलना गर्दिनन् । पहिला स्क्रिप्ट हेर्छिन्, त्यसपछि मात्रै चलचित्र खेल्ने/नखेल्ने निर्णय गर्छिन् । 

“सायद पैसाका लागि मैले चलचित्र गरेको भए अहिलेसम्म मैले धेरै चलचित्र गरिसकेको हुन्थेँ होला,” सुरक्षा बाह्रखरीसँग भन्छिन् । अभिनयलाई साधना ठान्ने उनलाई अभिनयमा अझ परिस्कृत हुनुथियो । त्यसैले उनलाई नाटकले तान्यो । मण्डला घर पुगिन् । नाटक ‘क्लेशा’मा अभिनय गरिन् । जेठ १७ देखि असार ८ सम्म उनी हरेक दिन रङ्गमञ्चमा देखिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, पनि उनको रहर मरेन । भन्छिन्, “नाटकमा काम गर्ने अझै रहर पुगेको छैन । मलाई अझै नाटकमा काम गर्ने रहर छ । कहिले भनेर सोध्नुभयो भने म जवाफ दिन सक्तिन होला । तर गर्छु ।”

दर्शककै अगाडि अभिनय गर्न पाइने । अगाडि नै दर्शकले प्रतिक्रिया दिने नाटकको पक्ष सुरक्षाको मन खिच्यो । “चलचित्र पहिलो नै सुटिङ गरेर विभिन्न चरण पार गरेर हलमा आउने भएकाले दर्शकले चलचित्रमा हामीले गरेको दुःख र मेहनत देख्नु हुन्न,” सुरक्षा भन्छिन्, “तर नाटकमा त्यस्तो हुँदैन । आँखै अगाडि अभिनय हुने भएकाले हामीले गरेको दुःख दर्शकले बुझ्नु हुन्छ ।” 

केही समय अगाडि पूर्वी नेपालमा जनजाती समुदायमा रहेको संस्कृतिमा आधारित नाटक ‘जोखाना’ दर्शकले रुचाए । दर्शकको चाप कम नभएपछि पूर्व निर्धारित समयलाई लम्ब्याएर ‘जोखाना’ लामै समय मञ्चन गरियो । यसले १२ लाखभन्दा माथि कलेक्सन गर्यो । ‘क्लेशा’लाई पनि दर्शकले मन पराइदिए । अहिले ‘शिल्पी थिएटर’मा चलिरहेको नाटक ‘योगमाया’ले पनि दर्शकको राम्रै साथ पाइरहेको छ । त्यसैले सुरक्षालाई आशा छ, नाटकमा दर्शकको चाप बढ्दै जानेछ ।

“चलचित्रमा चित्त नबुझाएका दर्शक नाटकमा पो आउनुहुन्छ कि जस्तो लाग्छ,” सुरक्षा भन्छिन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्