site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आमा’को निर्माण युनिट वर्कसपमा 

काठामाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को निर्माण युनिट वर्कसपमा बसेको छ । हिजो (मंगलबार)बाट निर्देशक दीपेन्द्र के खनालसहितको ‘आमा’को निर्माण पक्ष पाँच दिनको वर्कसपमा बसेको हो ।

पाँच दिनको वर्कसपछि निर्माण युनिक क्यारेक्टर निर्माणका लागि एक हप्ता छायांकनमा जानेछ । “चलचित्रको क्यारेक्टर कस्तो देखिन्छ र थप सुधार आवश्यक छ कि छैन भनेर एक हप्ता सुटिङमा जाने छौं,” निर्देशक खनालले बाह्रखरीसँग भने, “पोष्ट प्रोडक्सनमा गएर एक हप्ताको काम हेरिसकेपछि क्यारेक्र निर्माणमा पुनः बस्नेछौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक हप्ताको छायांकन र पोस्ट प्रोडक्सनपछि पुनः १५ दिन वर्कसपमा बसेपछि चलचित्रको छायांकन सुरु हुनेछ । 

चलचित्रमा सुर्यमाला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायत कलाकार मुख्य भूमिकामा हुनेछन् । ‘पशुपतिप्रसाद’पछि निर्देशनमा अपेक्षित सफलता हात नपरेपछि निर्देशक खनाल ‘आमा’ मार्फत आफ्ना शाख फर्काउने उद्देश्यमा छन् । 

शर्मिला पाण्डेको निर्माण चलचित्र ‘आमा’ निर्देशक खनाल स्वयम्ले लेखका हुन् । चलचित्र पनि निर्देशक आफैं खिच्दैछन् । 

फागुन ९ गते चलचित्र प्रदर्शनमा आउने छ ।   
 

‘पशुपतिप्रसाद’पछिको भोक ‘आमा’बाट मेटाउने प्रयासमा दीपेन्द्र

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १२:११
प्रतिक्रिया दिनुहोस्