site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रकाश सपूत र शम्भू राईलाई मिल्न तीन दिनको समय 

काठमाडौं । प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले गायक शम्भू राई र प्रकाश सपूतलाई तीदिन भित्र मिल्न आग्रह गरेको छ । 

सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको भन्दै राईले कपिराइटमा मुद्दा दर्ता गरेपछि छलफलका लागि बोलाएको रजिष्टारको कार्यालयले आपसी छलफलमा मिल्नका लागि तीन दिनको समय दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आफ्नो गीतसँग मिलेको भन्दै शम्भु राईले निवेदन दिएपछि छलफलका लागि मैले बोलाएको थिएँ,” प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका रजिष्टार प्रकाश आचार्यले बाह्रखरीसँग भने, “मैले दुईपक्षबीच सहमति गरेर अगाडि बढ्न आग्रह गरेँ । हिजो नै सहमति हुन नसकेपछि बुधबारसम्मको समय दिएको छु ।” 

उनले दुईपक्षबीच सहमति हुन नसके त्यसपछि हुने कानुनी प्रकृयाका बारेमा जानकारी दिएका थिए । दुईपक्षबीच आइतबारको छलफलमा गायक राईले आफूलाई सपूतले क्रिएसनमा आफ्नो नाम राख्नु पर्ने पुरानै अडान दोहोर्याएका थिए भने शपूतले त्यसलाई अस्वीकार गरेका थिए । 
 
गायक राईले आफू आफ्नो मागमा अडिग रहेको बताए । “सौहार्दपूर्ण रुपमा छलफल भयो । रजिष्टारले मिलेर जान आग्रह गर्नुको भएको छ । तीनदिन छलफलका लागि समय दिनुभएको छ । तीन दिनमा पनि हामीबीच सहमति भएन भने त्यसपछिको प्रकृयाबारे उहाँले जानकारी दिनुभयो,” राईले बाह्रखरीसँग भने, “क्रिएसन गर्ने व्यक्ति कानुनी प्रकृयामा जाँदा लामो समय लाग्छ । सकेसँग मिल्नुस् भन्ने उहाँको आग्रह थियो ।”

रजिष्टार आचार्यका अनुसार तीन दिनमा सहमति नभए मुद्दा प्रहरीमा जानेछ । प्रहरीको अधिकृतभन्दा माथिका अधिकारीको अनुसन्धानबाट प्राप्त प्रतिवेदनका आधारका अदालमा मुद्दा पुगेपछि अदालतले अन्तिम निर्णय गर्नेछ । 

संगीतको विश्वब्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ  बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट नलाग्ने मान्यता छ ।  
‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो । 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्