site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भेनम–२’ मा टम हार्डी नै अभिनय  

एजेन्सी । फिल्म निर्माता एमी पास्कलले सन् २०१८ को फिल्म भेनमको सिक्वेलमा हलिउड कलाकार टम हार्डीलाई राख्ने भएकी छिन् । पास्कलले फन्डाङ्गोसित अन्तर्वार्तामा टम हार्डीले नै सिक्वेलमा अभिनय गर्ने जनाएकी हुन् ।

“म भन्न सक्छु कि टम हार्डी आउनेछन्, यो रोल टम हार्डीबाहेक अरु कसैले पनि गर्नसक्दैन,” उनले भनेकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेनमले बक्स अफिसमा राम्रो पकड जमाएको थियो । विश्वभरमा भेनमले ८५० मिलियन डलर ग्रस कलेक्सन गरेको थियो । 

टम हार्डीले भेनम फिल्ममा एन्टीहिरोको अभिनय गरेका छन् । हार्डीले सन् २०१२ को क्रिस्टोफर नोलानको फिल्म ‘द डार्क नाइट राइजेज’ मा बेन नामक क्यारेक्टरबाट आफूलाई खलनायकको भूमिकामा पनि काम गर्नसक्ने परिचय दिलाएका थिए ।

स्रोतः फस्टपोस्टडटकम
 

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०६:४८
प्रतिक्रिया दिनुहोस्