site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भेनम २ मा टम हार्डी नै अभिनय गर्ने 

एजेन्सी । चलचित्र निर्मात्री एमी पास्कलले सन् २०१८ को चलचित्र भेनमको सिक्वेलमा हलिउड कलाकार टम हार्डीलाई राख्ने बताएकी छन् । पास्कलले फन्डाङ्गोसित अन्तरवार्तामा टम हार्डी सिक्वेलमा अभिनय गर्ने बताएकी फर्स्ट पोस्टले जनाएको छ । 

“म भन्न सक्छु कि टम हार्डी आउनेछन्, यो रोल टम हार्डीबाहेक अरु कसैले पनि गर्नसक्दैन,” उनी भन्छिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेनमले बक्स अफिसमा राम्रो पकड जमाएको थियो । विश्वभरमा भेनमले ८५० मिलियन डलर बनाएको थियो । अघिल्लो फिल्म मार्बलको थियो तर सिक्वेल भने सोनीबाट बनाइने जनाइएको छ । 

टम हार्डीले भेनम फिल्ममा खलनायकको रुपमा अभिनय गरेका छन् । हार्डीले सन् २०१२ को क्रिस्टोफर नोलानको फिल्म ‘द डार्क नाइट राइजेज’ मा बेन नामक क्यारेक्टरबाट आफूलाई खलनायकको भूमिकामा पनि काम गर्न सक्ने सावित गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १६:३०
प्रतिक्रिया दिनुहोस्