site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भेनम–२’ मा टम हार्डीले नै अभिनय गर्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । फिल्म निर्माता एमी पास्कलले सन् २०१८ को फिल्म भेनमको सिक्वेलमा हलिउड कलाकार टम हार्डीलाई राख्ने बताएकी छन् । फर्स्टपोस्टका अनुसार पास्कलले फन्डाङ्गोसँगको अन्तरवार्तामा टम हार्डीले सिक्वेलमा अभिनय गर्ने जनाएकी हुन् । 

“म भन्न सक्छु– टम हार्डी आउनेछन् । यो रोल टम हार्डीबाहेक अरु कसैले पनि गर्न सक्दैन,” उनले भनिन् । भेनमले बक्स अफिसमा राम्रो पकड जमाएको थियो । टम हार्डीले भेनममा खलनायकको रुपमा अभिनय गरेका छन् । हार्डीले सन् २०१२ को क्रिस्टोफर नोलानको फिल्म ‘द डार्क नाइट राइजेज’ मा बेन नामक क्यारेक्टरबाट आफूलाई खलनायकको भूमिकामा पनि काम गर्नसक्ने परिचय दिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १५:१६
प्रतिक्रिया दिनुहोस्