site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ज्ञानेन्द्र र दिपेन्द्रको अर्धसतकीय पारीमा नेपालको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेलेपछि नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याले दिएको १५६ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर २ बलमा मात्र ३  विकेट गुमाएर पूरा गर्यो । नेपालले केन्यालाई शनिबार सम्पन्न पहिलो खेलमा ५ विकेटले बेहोरेको हारको बदला समेत लियो । नेपालको जितमा ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गरेका थिए । 

अविजित रहेका ज्ञानेन्द्रले ९३ बलमा ८ चौका र १ चक्काको मद्दतमा ६४ रनको योगदान गरे । च्याम्पियनसिपमा ज्ञानेन्द्रको यो पहिलो अर्धशतक हो ।  यसअघि ज्ञानेन्द्रले नेदरल्यान्ड्सविरुद्ध ३९ रन बनाएका थिए । यस्तै तेस्रो विकेटका रुपमा आउट भएका दीपेन्द्रले डेब्यु गरेपछिको दोस्रो खेलमै अर्धशतक बनाए । कोलिन्स ओवुयाको बलमा आउट हुनुअघि दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्काका साथ ६२ रन बनाएका थिए । दिपेन्द्रले शनिबार केन्याविरुद्धको पहिलो खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दीपेन्द्र आउट भएपछि कप्तान ज्ञानेन्द्रलाई साथ दिन आएका शरद भेषावकरले अविजित २४ रन जोडे  ।  शरदले  एकै ओभरमा तीन गरी चार चौका र १ छक्का प्रहार गर्दै अविजित २४ रन बनाएका हुन । त्यसअघि नेपालका  ओपनर सुनिल धमला मात्र १ सागर पुन पनि ५ रनमा आउट भएका थिए । तर नेपालको पारी कप्तान ज्ञानेन्द्र र दिपेन्द्रले उकास्दै जित दिलाए । केन्याका इलिहा ओटिनोले दुई तथा कोलिन्सले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गरेको केन्याले ४६ ओभर १  बलमा अलआउट हँुदै १५५ रन जोडेको थियो । केन्यालाई सुरुवातमा ब्याटिङ गराउने नेपालको निर्णय अन्ततः सफल साबित भयो । केन्याको कम स्कोरमा नेपाली बलरहरु हावी भए । 

ओपनर इरफान कसिम र कोलिन्स ओवुयाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेपनि केन्याले उच्च स्कोर बनाउन सकेनन । ७८ बल खेलेका कोलिन्सले ७ चौकाको मद्दतमा ४८ रन बनाएका थिए । त्यस्तै इरफानले ३८ तथा कप्तान राकेप पटेलले २१ रन जोडे । 

Global Ime bank

नेपालको लागि शरदले ७ ओभर १ बलमा २८ रन खर्चेर ४ विकेट लिए । सन् २०१५ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुबले ७ ओभरमा ५ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । त्यस्तै वसन्त रेग्मीले पनि दुइ तथा सागर पुन र सन्दीप लामिछानेले समान १ – १ विकेट लिएपछि केन्याको पारी धरासायी बनेको थियो ।

जितसंगै नेपालले च्याम्पियनसिपको शीर्ष चारमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावनालाई जीवित राखेको छ । र, ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा यथावत छ । पहिलो खेलमा नेपाललाई हराएको केन्या ४ खेल बाँकी रहदा १० अंकसहित पाँचौ स्थानमा छ ।

च्याम्पियनसिपको शिर्ष चरमा रहने टोलीले शिर्ष डिभिजनमा कायम रहने र सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने मौका पाउने छन्  । विश्वकप क्वालिफायर २०१८ को सुरुआतमा बंगलादेशमा हुने कार्यक्रम आईसीसीको छ । त्यसमा एकदिवसीय वरियातामा पुछारमा चार स्थानमा रहेको टिम, विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार टिम र विश्व क्रिकेट लिगका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ ।  च्याम्पियनसिपको शिर्ष चारमा नपर्ने टोलीले डिभिजन टू खेल्नुपर्नेछ ।

च्याम्पियनसिपको शिर्ष चारको होडमा नेदरल्याण्ड्स,पपुवा न्युगिनी, हङकङ, स्कटल्याण्ड, केन्या र नेपाल रहेको छ । र, नेपालसहित यी ४ टोलीमध्ये शिर्ष चारमा पुग्ने नेपालको सम्भावना सबैभन्दा कमजोर छ  । तर, नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराए नेपालको संभवाना बलियो हुने छ । त्यतिमात्र हैन, नेपालको शिर्ष चारका लागि अन्य टोलीको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । 
पाँचौ चरण पहिलो खेल जारी रहदा च्याम्पियनसिपमा नेदरल्यान्ड्स १६ अंकसहित शिर्ष, पपुवा न्युगिनी १२ अंकसहित दोस्रो र हङकङ ११ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७३  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement