site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

— जोरास


आँखा झिकेर गुच्चा खेलौं अब
कान काटेर सितन बनाऊँ
जिब्रो थुतेर त्यतै मिसाऊँ
यति बलिदान गरौं
किनकि,
हामीले बनाएका देउताले 
अब हाम्रै बलि खोजिसके ।

हो, हामीले बनाएका देउताले
हाम्रा आँखा, कान पापी देखिसके
त्यसैले हामी पाप बोकेर नबसौं
देउता रिसाएर अनिष्ट नहुँदै
आउनुहोस्
आफ्नै गिदी झिकेर
पुकला बनाऊँ
हाम्रा देउतालाई चढाऊँ !
अनि उनकै भजन गाएर बसौं ।
 

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०८:५७
प्रतिक्रिया दिनुहोस्