site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘मिस टुरिजम–२०१९’को आवेदन खुला

काठमाडौं । ‘मिस टुरिजम–२०१९’ को आवेदन असार ६ गते शुक्रवारवाट खुला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुला भएको जनाएको हो । 

प्वाइन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आइरहेको छ ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले ‘मिस टुरिजम–२०१९’ को आयोजना गरिएको प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले वताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी साउन २५मा आयोजना हुने ‘मिस टुरिजम–२०१९’का लागि असार ६ गते शुक्रवारवाट देशभर आवेदन खुला गरिएको हो । १८ देखि २५ वर्ष उमेरका अविवाहित नेपाली महिलाले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने प्रबन्ध निर्देशक काफ्लेले वताए । आवेदन दिने मिति सकिएपश्चात काठमाडौं, पोखरा र चितवनमा अडिसन लिइने छ । 

‘मिस टुरिजम–२०१९’को विजेतालाई नगद ५० हजार रुपैयाँ, ‘मिस टुरिजम फस्ट रनर अप–२०१९’ लाई ३० हजार रुपैयाँ र ‘मिस टुरिजम सेकेन्ड रनर अप–२०१९’ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्