
काठमाडौं । वरिष्ठ आख्यानकार परशु प्रधान तथा गोविन्द गिरी प्रेरणाद्वारा संयुक्तरुपमा लिखित उपन्यास ‘विसर्ग’ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको संयुक्त उपन्यासको लेखन आफैंमा एउटा लेखकका लागि चुनौतिपूर्ण कार्य भएको उल्लेख गर्दै ‘विसर्ग’ उपन्यासले पुरुष पात्रभन्दा नारी पात्रको बढी उपस्थिति देखाएको उपन्यासको भूमिकामा उल्लेख गरिएको छ ।
उपन्यासले तीसको दशकको परिवेश प्रस्तुत गर्नुसंँगै तल्लो तहका कर्मचारीदेखि मन्त्रीसम्म यो जालोमा लटपटिएको कथा प्रस्तुत गर्न खोजेको उल्लेख गरेका छन् । भूमिकामा कथाकार धु्रव सापकोटाले ‘आकाश विभाजित छ’, पछि ‘अवतार विघटन’, ‘देहमुक्त’ र ‘ज्यागा’ जस्ता उपन्यास पनि संयुक्तरुपमा लेखिएको चर्चा गरेका छन् ।