site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भगवान् रामको न्याय

भगवान् रामका भक्त थिए हनुमानजी । हनुमानजीले आफ्ना इष्टदेव रामलाई सद्गुरुको रुपमा पुज्ने गर्थे र इज्जत पनि उत्तिक्कै गर्ने गर्दथे । साथै रामको आज्ञाको पालना गरेर समय बिताउँथे । आफ्नो जीवन रामभक्तिमा समर्पित गरेका थिए हनुमानजीले ।

एक दिन हनुमानजी आफ्ना बॉदर साथीहरूलाई लिएर भगवान् रामको दरबारमा दर्शन गर्न र आशीर्वादका लागि गए । हनुमानजी  आफ्ना हृदय निवास भगवान् रामको दर्शन भेटका लागि भित्र गए । हनुमानजीको वात्सल्यमयी प्रेममा रमाएर घण्टौसम्म बसिरहे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता बॉदर साथीहरुले भने काम नपाएर दरबारस‘गैको बारीमा भएका उखु उखेलेर चुसे । केही बरेपछि खेतको मालिक किसान त्यहॉ आइपुग्यो । आफ्नो बारीको सबै उखुहरु उखेलेर खाएको तथा सबै उखु खत्तम भएको देख्दा ऊ निकै दुःखी भयो र बॉदरहरुलाई धपाउन गाली गर्न लाग्यो । गाली गरेको सहन नसकी बॉदरहरूले त्यो किसानलाई चिथोरे र पिटे पनि । ऊ रुन कराउन लाग्यो । 

त्यसैबेला उसले भगवान् रामको चरणमा परेर रुँदै भगवान्स‘ग आफ्नो दुःखेसो सुनायो । उसले भन्यो– “यी बॉदरहरूले मेरो खेतको सबै उखु उखेलेर खाए । अब मेरा छोराछोरी भोकभोकै मर्ने भए । मैले साहुसँग लिएको ऋण पनि तिर्न नसक्ने भएँ । हजुरको भक्त हनुमानका बाँदर साथीहरुले मेरो खेतको सबै उखु खाइदिए । ममाथि अन्याय गरे, मलाई पिटे चिथोरे ।”

भगवान् राम यो कुरा सुनेर दुःखी भए । उनले किसानलाई अ‘गालोमा लिएर भने, “तिमीबाट सबै कुरा सुनेर मलाई निकै दुःख लागेको छ । यी सबै बाँदरहरुले गल्ती गरेकोले र तिम्रो उखुको मूल्य म दिन्छु ।” राम भगवान्को निर्णय सुनेर किसान खुशीले गद्गद् भयो । किसान राम भगवान्को न्याय पाएर खुशीले पाएर खुशीले भगवान्को जय जयकार गर्न लाग्यो ।

(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री)

 


 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्