site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मर्लिन मुनरोको मूर्ति चोरी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । हलिउड वाक अफ फेमको द्वारमा राखिएको हलिउड अभिनेत्री मर्लिन मुनरोको मूर्ति चोरी भएको फर्स्टपोस्ट डटकमले जनाएको छ । सन् १९९४ मा फिल्ममा पुर्याएको योगदानको कदर गर्दै मुनरोसहित अरु तीनवटा कलाकारको मूर्ति बनाइएको थियो, जसलाई  फोर लेडिज अफ हलिउड गजिबो भनेर चिनिन्छ । 

सन् १९५५ को फिल्म ‘द सेभेन इयर इट्च’ मा मर्लिनको पोजलाई उक्त चोरी भएको मूर्तिले चित्रण गर्थ्यो । मर्लिन मुनरोको खास नाम नोर्मा जिन थियो । उनको मृत्यु सन् १९६२ मा भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्