site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दश चलचित्रकर्मीलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले १० चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’बाट सम्मान गर्ने भएको छ । 

नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुको योगदानको आधारमा यो वर्षबाट बोर्डले सम्मानको परम्परा सुरु गर्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु गरिएको बोर्डले जनाएको छ । १९औं वार्षिकोत्सवको अवसर पारेर असार १६ गते उक्त सम्मान गर्न लागेको हो ।  

यसैबीच, बोर्डले गत वर्षबाट सुरु गरेको पूराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र  अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन गरिसकिएको जनाएको छ । 

“आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिदीप, जीवनरेखा, कुमारीको डिजिटलाईजेशन तथा रेस्टोरेसन गरिएको छ,” आज एक विज्ञप्ती जारी गर्दै बोर्डले भनेको छ, “नेपाली चलचित्रको इतिहास बोकेका यी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको हो ।”
 

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १८:५६
प्रतिक्रिया दिनुहोस्