site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रंगमा झुमेका जिम क्यारी

काठमाडौं । हलिउडका कलाकार जिम क्यारीलाई धेरैले एक्टर र कमेडियनको रुपमा चिन्ने गर्दछन् ।  उनी हसाउनमा माहिर छन् । उनलाई मेथोड एक्टरको रुपमा पनि चिनिन्छ । 

आफ्नो अनुहारलाई अवस्था अनुसार बदलेर मानिसलाई पेट मिचिमिची हसाउन सक्छन् ।  खासमा उनी फिल्ममा मात्र खेल्दैनन् ।  उनको एउटा  गोप्य क्षमता छ । जुन संसारका धेरै मानिसहरुलाई थाहा छैन । खासमा उनी पेन्टर पनि हुन् । केही  वर्षयता उनले आफ्ना अनेक पेन्टले ग्यालरी भरिरहेका छन् ।

जिम क्यारी भन्छन्,“मेरो कला अरु लक्ष्यहरुसित सम्बन्धित रहेको छ ।” जिम क्यारी हलिउडका भर्सटाइल कलाकार त हुन नै । उनी आफ्नो कलासँगै पेन्टिङलाई पनि अगाडि बढाइरहेका छन् । आफ्ना फ्यानहरुलाई उनले अचम्मित पारेका छन् । उनी भन्छन्, “मैले मेरो परिवारको लागि निकै अभिनय गरेँ । अहिले मैलै आफ्नो लागि गर्दैछु । म जब आफ्नो कोठामा पेन्ट गर्नबस्छु तब म आफूलाई जवान ठान्छु । पेन्टले मभित्रको कलाकारितालाई अझै निखार्न मद्दत गरिरहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिमलाई आफ्नो कलाको व्याख्या गर्नको लागि खुुला रहेको बताउँछन् । जिमले आनन्दका साथ प्रत्येक टुुक्रामा कला भर्छन् अनि त्यसमा आफ्नो सीप लगानी गर्छन् । आफ्ना कलाले स्पष्ट रुपमा साँचो अर्थ दिने कुरामा जिमलाई विश्वास लाग्दैन । कलाकारको लागि कला भनेको केहो ? थाहा हुुँदैन तर भित्रबाट जे आउँछ त्यो  कला हो ।

हर्टब्रेकले कला जन्मायो 

अरु मानिसले आफूलाई जस्ताको त्यस्तै खुलाएजस्तै जिमले पनि छवर्ष अघिको हर्टब्रेकले आफूभित्र कला जन्माएको कुुरालाई महत्व दिन्छन् । सन् २०१७ बाट उनले पेन्ट गर्न सुरु गरेका हुन् । 

जिमका कलामा उनको राजनीतिक विश्वास परावर्तन भएको देखिन्छ । उनी आफ्नो राजनीतिक धारणा व्यक्त गर्न कहिल्यै डराउँदैनन् । तर कहिलेकाहीँ उनी बोल्न चाहँदैनन् त्यो बखत उनी  आफ्नो पेन्टमार्फत दर्शाउँछन् । कमेडीबाट उनले आफ्नो करियर बनाए, बीस वर्षसम्म हसाए, अहिले उनको कला रंगमार्फत बगिरहेको छ । 

उनी आफ्नो डरलाई कलामा व्यक्त  गर्दछन् । डरबाट जति टाढा जान खोज्यो उति नै मानिस झन डराउँछ भन्ने विश्वास उनी गर्छन् । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको बार–बार पेन्टिङ बनाइरहेका हुन्छन् । ट्रम्पको शासनबाट उनी त्यति खुुशी छैनन् । फिफ्टी सेड अफ डिके टीम इलिफेन्टजस्ता पेन्टमा ट्रम्पको बारेमा व्यंग्य गरिएको छ । जिमले ट्विटरमार्फत् आफ्ना रंगहरु प्रस्तुत  गरिरहेका हुन्छन् । 

एजेन्सीहरुको सहयोगमा 

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्