site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘लप्पन छप्पन–२’को शुभ–मुहूर्त

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’को शुभ–मुहूर्त गरिएको छ । बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन–२’को शुभ–मुहूर्त गरिएको हो । 

चलचित्रमा अभिनेता अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालसँगै अस्ट्रेलिया र युरोपका विभिन्न देशमा चलचित्र छायांकन हुने छ । एक्सन जानरामा निर्माण हुने चलचित्र मुकुन्द भट्टले निर्देशन गर्ने छन् । 

चलचित्र महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १८:१२
प्रतिक्रिया दिनुहोस्