site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजा कसरी ल्याउने ?

नेपालमा गणतन्त्र ल्याउन केही नागरिक अगुवाको ठूलो देन छ । त्यसमध्ये एक कृष्ण पहाडी हुन् । तर, उनी आजकल यो व्यवस्थाबाट धेरै निराश देखिएका छन् । एक ठाउँमा उनी लेख्छन् – ‘‘ पञ्चायतकालमा राजा महाराजाको जन्म दिनमा होस् वा कथित सवारीमा विद्यालयका ससाना विद्यार्थीलाई तातो घाममा टट्याइन्थ्यो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केही महिनाअघि गुल्मी भ्रमण गर्दा विद्यार्र्थी जम्मा गरेर दुःख दिएको देखियो । भन्नलाई विद्यालयकै कार्यक्रम भएकाले विद्यार्थी आएका हुन् भनिए पनि पञ्चायतकालीन मानसिकता फेरिएन । उपराष्ट्रपति नन्दबहादुर पुनको रौतहट भ्रमणका दौरान ससाना बालबालिकालाई लाइन लगाएर घन्टौंसम्म तातो घाममा हिँडाएको देखियो । कुनै पनि प्रकारको जुलुस र आमसभामा १६ वर्षमुनिका बालबालिकालाई संलग्न गराउनु हुँदैन भनेर हामीले आग्रह गरिरह्यौँ तर गणतन्त्र नेपालका राष्ट्रपति उपराष्ट्रपतिलाई कलिला बालबालिकालाई कष्ट नदिई निद्रा पर्दैन । गणतन्त्र नेपालका राजनीतिक दलमध्ये कतिपयलाई १६ वर्षमुनिका बालबालिकालाई प्रचारमा नहिँडाई निद्रा पर्दैन ।’’

उनले आफ्नो आक्रोश पोख्दै लेखेका छन् – ‘‘ओली सरकारको कुशासन र स्वतन्त्रताविरोधी सोचकै कारण गणतन्त्रविरोधीको मनोबल ह्वात्तै बढेको छ । कतिसम्म भने गणतन्त्र दिवसका दिन एउटा जमात ‘गणतन्त्रवादीलाई भगाऊ’ भनेर सडकमा नारा लगाइरहेको दृश्य युट्युबमा देखियो । राजतन्त्र पुनस्र्थापना अभियानमा ओली पथ र शैली सहयोगी हुन सक्ने विश्लेषणका कारणले होला उनीहरूको आक्रोश राष्ट्रपति भण्डारी वा ओलीप्रति भन्दा गणतन्त्रका अभियन्ताप्रति ज्यादा छ । विगतमा पञ्चायत र राजतन्त्रको विरोध गर्दा जेल जानुपथ्र्यो । आज गणतन्त्रको सैद्धान्तिक विरोध गर्ने स्वतन्त्रता छ । गणतन्त्रको कसैले विरोध गर्दैमा वा कालो झन्डा देखाउँदैमा थुन्नु र थुनिनु हुँदैन । तर, गणतन्त्रका संस्थापक ती लाखौं नागरिकलाई भगाऊँ भन्ने आँट पूर्व दरबारीमा कहाँबाट आयो ?’’

गणतन्त्र सजिलोसित आएको होइन । जान पनि सजिलोसित जाँदैन । तर, नेपालको राजनीतिक विकासमा एउटा अनौठो सत्य देखापर्दछ । राजाको गल्तीले राजतन्त्र नै जान्छ अनि गणतन्त्रको गल्तीले गणतन्त्र नै जान लाग्दा के आश्चर्य ? यसभन्दा अगाडि प्रजातन्त्रको देहावसान पनि प्रजातान्त्रिक मानिसहरुको गल्तीले भएको थियो । यो क्रम चली नै रहेको देखापर्छ चाहे हामीले त्यसलाई रुचाऊँ या नरुचाऊँ । यसै क्रममा नेपालमा अनेक सार्वजनिक गतिविधि भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संवैधानिक राजतन्त्रको माग राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिराखेको छ । कुनै बखत ३ टुक्रामा बाँडिएको राप्रपा अहिले २ फ्याँक भएको छ । राजतन्त्रको पुनस्र्थापना गर्ने मामिलामा उनीहरुको एकै मत पाइन्छ । पूर्व राजा ज्ञानेन्द्रले पनि उनीहरुलाई मुख्य समर्थकका रुपमा लिएका छन् । तर, यसमा हेक्का राख्नुपर्ने कुरा के छ भने उनीहरु सबै नेपालका लागि पुराना भइसके । पञ्चायत व्यवस्थादेखि नै उनीहरु सत्ताको कहिले भित्र र कहिले बाहिर रहे । सो व्यवस्था खारेजीपछि पनि उनीहरु सत्तामा आउन छाडेनन् । अहिले पनि उनीहरु राजनीतिमा सक्रिय नै देखिन्छन् । 

लामो समयसम्म सत्ताको खेलमा सामेल हुँदा मानिसहरुले तिनका धेरै कमजोरी देखेका छन् । कहिले पार्टी फोर्ने, कहिले गाभिने, कहिले कम्युनिस्टसित साँठगाँठ गर्ने, कहिले कांग्रेससित साइनो लगाउने अनेक रुपरंगका गतिविधि देखिएका हुन् । उनीहरुले यसरी राजनीतिक, प्रशासनिक र आर्थिक अनुभव बटुलेका देखिन्छन् तर ती सबै जनताको नजरमा गुणभन्दा दुर्गुणको रुपमा देखिन्छ । 

Global Ime bank

जति धेरै राजनीतिक क्षेत्रमा सक्रिय देखियो उति धेरै खोट हुने गर्छ । त्यसैले नेपालका विभिन्न ठाउँहरुमा यात्रा र प्रदर्शन आदि गरे पनि जनताको मन जित्न कठिन छ । कारण, आजका नेपाली जनता बडो चनाखो, सुसूचित र आलोचनात्मक छन् । कसैको सुमधुर वाणी, जोसिलो अभिव्यक्ति र तर्कसंगत कुराले उनीहरुको मन जित्न सक्तैन । त्यसकारण राप्रपाहरुले संवैधानिक राजतन्त्रको विषय अघि सारेर आफ्नो कर्तव्य त पूरा गरे होलान् तर त्यसले समर्थन जुटाउन सकेको देखिँदैन । 

राजनीतिक पार्टीहरुमा नेपाली कांग्रेसका माहामन्त्री शशांक कोइराला र उनका केही सहयोगीले गणतन्त्रका विषयमा जनमत संग्रह गरिनुपर्छ भन्ने आवाज उठाएका हुन् । यसको अर्थ उनीहरुले पनि राजतन्त्रको पुनस्र्थापना गरिनु पर्ने सोच राखेका छन् भन्न सकिएला । बीपी कोइरालाको राजा र मेरो घाँटी जोडिएको छ भन्ने भनाइलाई कांग्रेसका कार्यकर्ता आजसम्म पनि ब्रह्म वाक्य मान्छन् । नेपाल राजतन्त्रबाट गणतन्त्रमा जानु नै ऐतिहासिक गल्ती भएको ठान्छन् । हुन पनि गिरिजाप्रसाद कोइरालाले गणतन्त्रलाई स्वीकार गर्न धेरै समय लगाएका हुन् र कुनै प्रकारले राजसंस्थालाई जोगाइराख्न कोसिस गरेका हुन् । नेपाली कांग्रेसका धेरै कार्यकर्ताले अहिले पनि राजतन्त्रको आवश्यकता महसुस गरेको तर देश गणतन्त्रमा गइसकेकाले चुप लागेर बसेको देखिएको छ । तर, जे भए पनि उनीहरुले राजसंस्थाको पुनस्र्थापनाका लागि कुनै भूमिका खेल्ने आशा गर्न सकिँदैन । यद्यपि, सो विकल्प आइहाल्यो भने त्यसलाई पचाउन अवश्य सक्छन् ।

नेपालमा राजसंस्था पुनर्बहाली गर्नुपर्छ भनेर अनेक संगठन र समुदाय स्थापना गरिएका छन् । त्यसको अग्रपंक्तिमा नेपाली शिव सेना देखापरेको छ । सामाजिक संजालमा पनि यो लक्ष्य राखेर सक्रिय भएका अनेक समुदाय देखापरेका छन् । शाही युवा शक्ति नेपाल, राजसंस्था पुनर्बहाली नागरिक समिति, स्वतन्त्र नागरिक समाज आदि पनि देखापरेका छन् । डा. केबी रोकायाले नेपालको ३ ओटा मेरुदण्डमा राजसंस्था एउटा मेरुदण्ड रहेको भनेका छन् । कति यस्ता समुदाय र व्यक्तिहरु छन् जो राजसंस्थालाई स्वीकार्न तैयार छन् तर सो चाहियो भनेर आह्वान गर्न सक्तैनन् । यिनीहरु सबै राजसंस्था पक्षमा छन् । तर, एउटै खेमामा संगठित हुन सकेका छैनन् । यी सबै शक्तिलाई एकै ठाउँमा एकत्रित गर्न सक्ने पूर्व राजा ज्ञानेन्द्र नै छन् । तर, उनीबाट यस दिशातिर कुनै पहल भएको देखिन्न । मानो राजा भइसकेकाको लागि नै राजसंस्था चाहिएको छैन । नेपालको राजनीति यही विडम्बनाले भरिएको छ ।

गणतन्त्रका हिमायतीहरुले नै गणतन्त्रप्रति जन असन्तोष र आक्रोश बढाउने काम गर्दै आएका छन् । राष्ट्रिय सुरक्षा विधेयकमा प्रधानमन्त्रीले एक्लै नेपाली सेनालाई परिचालन गर्नसक्ने प्रावधान राखेर सबैलाई सशंकित र सतर्क तुल्याए । मदिरा सम्बन्धित विधेयकमा नयाँ उद्योग खोल्न नदिने व्यवस्था गरेर विधेयकलाई नै सुताउनु पर्‍यो । मिडिया काउन्सील विधेयकले प्रेस स्वतन्त्रतामाथि नै आघात पुर्‍याएको आरोप लाग्यो र यसको विरोध जारी छ । 

राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार हननका मुद्दा चलाउन महान्याधिवक्ता कार्यालयको परामर्श लिनुपर्ने बुँदालाई लिएर विवादित बन्यो र विरोध भयो । गुठी विधेयकले नेपालको धर्म, संस्कृति, परम्परा नै नाश गर्न लागेको भन्दै यसकोे विरोधमा आन्दोलन चर्कँदै गइरहेको छ । 

यसबाट के देखिन्छ भने नेपाली समाजको हरेक अंग सरकारसित चिढिँदै गएको छ । यो बखत राजसंस्था पक्षले आँट्यो भने नेपालमा ठूलो आन्दोलन चल्न सक्छ । राजसंस्थाको पुनस्र्थापना हुनसक्ने दुईटा बाटा छन् । एउटा संसद्को बाटो र अर्को सडकको बाटो । संसद्को बाटो टाढा र घुमाउरो छ । तर, सडकको बाटो छोटो छ । के हुने भन्ने त आफ्नै ठाउँमा छँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC