site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रेमगीत ३’मा मुख्य अभिनेता मनिष

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’का मुख्य अभिनेता सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शकसामु प्रस्तुत गरेको हो । 

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको उक्त चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनिषले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनले दर्जनौं लघु चलचित्रमा काम गरेका छन् । 

निर्माण टिमले राउतका केही क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् । 

चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको हुन् । 

‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका अभिनेता सार्वजनिक गरेको हो । चलचित्र चैत २८ गते प्रदर्शनमा आउन बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्