site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निर्देशकले उजुरी फिर्ता लिएपछि प्रनेश गौतम रिहा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ‘एब्सर्डिस्ट ह्युमर’ शैलीमा चलचित्र ‘वीर विक्रम–२’को समीक्षा गरेपछि पक्राउ परेका मिम नेपालका प्रस्तोता प्रनेश गौतम रिहा भएका छन् । चलिचत्र निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स)ले प्रहरीमा दर्ता गरेको उजुरी फिर्ता लिएपछि गौतम बिहीबार राति रिहा भएका हुन् । 

फिल्म निर्देशक चाम्सले उजुरी दिएपछि प्रहरीले गौतमलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेको थियो ।  गौतम पक्राउ परेपछि सरकार निरङ्कुश हुँदै गएको भन्दै विरोध भएको थियो । चलचित्र समीक्षक समाज नेपालले पनि समीक्षा गर्ने विविध तरिका हुने भन्दै समीक्षा गरेकै भरमा पक्राउ गर्नु गलत भएको बताएको थियो । 

यद्यपि अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि समाजलाई मान्य नरहेको समीक्षक समाजले जनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १०:१६
प्रतिक्रिया दिनुहोस्