site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अवतारको रेकर्ड तोड्न एभेन्जर्स इण्डगेमलाई ७२ मिलियन डलर आवश्यक 

एजेन्सी । अप्रिल २४ मा रिलिज भएको फिल्म एभेन्जर्स इण्डगेमले जेम्स क्यामरुनको टाइटानिकलाई जितिसकेको छ । 

जेम्स क्यामरुनकै अवतारलाई पनि जित्नसक्ने अनुमान गरिएको छ । इण्डगेम रिलिज भएको ११ औं दिनमा दुई बिलियन कमाइसकेको छ । तर अवतारलाई यही बराबरको रकम कमाउन ४७ दिन लागेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

६ जुनको बक्स अफिसको रेकर्ड अनुसार एभेन्जर्स इण्डगेमले २.७१६ बिलियन डलर बनाइसकेको छ । 

सन् २००९ को इपिक साइफाइ फिल्म अवतारले भने २.७८८ बिलियन डलर बनाएर विश्वको बक्स अफिसमा एकक्षत्र राज गरिरहेको छ । अवतारलाई जित्न अझै ७२ मिलियन डलरको आवश्यक छ ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  १८:२७
प्रतिक्रिया दिनुहोस्