site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 निरन्तर शनिबारमा छवि र सागर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कविहरूलाई मञ्च प्रदान गर्दै आएको निरन्तर शनिबारको यस पटकको शृङ्खलामा कविहरू छविरमण सिलवाल र असीम सागर आफ्ना कविताकासाथ प्रस्तुत भए । शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा कवि असीम सागरले “आफूलाई बोल्न नआउने र जे बोलिन्छ, त्यो कविताले नै बोल्छ”भन्दै आफ्ना चार कविता वाचन गरे । 

कवि सागरले ‘वर्गचित्र’, ‘सडकको आवाज’, ‘चक्र’ र ‘कात्रो’ शीर्षकको कविता वाचन गरे ।  कार्यक्रममा अर्का कवि छविरमण सिलवालले “अचेल कविता लेखन आफ्नो कर्म जस्तै भएको” बताउँदै आफ्ना केही कविताहरू वाचन गरे । कार्यक्रममा समालोचक डा. ऋषिराम शर्माले जीवन र जगतको कलात्मक अभिव्यक्ति कविता भएको र कविता कलाको श्रेष्ठ विधामा गणना भएको बताए । 

यस पटकको निरन्तर शनिबारमा पूर्णिमा प्रतिविम्ब, केवल कार्की,  सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, पदम दाहाल, राजबाबु श्रेष्ठ ’सागर’,  राजन बराल, टि. एन. भट्ट, महेश जोशी, सुविन खनाल, रमेश बलामी, ईश्वर थोकर, ईश्वर थापा, राधा कार्की, निमा गिरी, सरोज राई, विश्व सिग्देल, प्रोल्लास सिन्धुलीय, सोझो गाउँलेलगायतले आआफ्ना रचना सुनाएका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्