site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र कलाकार संघको निर्वाचन आज, अध्यक्षका उमेदरवारका समान एजेन्डा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १७ औं कार्यसमितिको निर्वाचन आज हुँदैछ । नयाँ कार्यसमितका लागि अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्का चुनावी मैदानमा छन् । 

अध्यक्षका दुवै प्रत्याशीले आआफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेर प्रचार गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरिताले संघको आफ्नै भवन र कलाकारको पेन्सनलाई आफ्नो मुख्य चुनावी ऐजेन्डा बनाएका छन् भने रविन्द्रले पनि संघको भवन निर्माण, कलाकारको जीवन बीमा तथा सरकारले यस वर्षको बजेटमा घोषणा गरेको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने मुद्दा अगाडि सारेका छन् । 

मतदान पुलिस क्लब प्रदशर्नीमार्गमा अहिले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०९:०७
प्रतिक्रिया दिनुहोस्