site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘मेरा लागि विग ओपनिङ नै सबैभन्दा ठूलो सम्मान’

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नै रेकर्ड तोडेका छन् । इदको अवसर पारेर रिलिज भएको चलचित्र ‘भारत’ उनका चलचित्रमा पहिलो दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ । 

सलमानको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कमाउने चलचित्र ‘प्रेम रतन धन पायो’ थियो । यसले पहिलो दिन ४० करोड ३५ लाख कलेक्सन गरेको थियो । ‘भारत’ले ४२ करोड ३० लाख कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बलिउडमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने चलचित्र आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ हो ।

‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रियादिएका छन् । तरण आदर्शले चार स्टार दिएको चलचित्रले आफूलाई सबैभन्दा ठूलो खुसी दिएको र यो नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको सलमानले आफ्नो ट्विटमा लेखेका छन् ।  

‘भारत’ बिलउडसँगै ७० देशका १३ सय स्क्रिनमा रिलिज भएको चलचित्र हो ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  ०७:५५
प्रतिक्रिया दिनुहोस्