
काठमाडौं । ‘मिसेस आर्यन नेपाल–२०१९’को ताज कबिता ढकालले पहिरिएकी छन् । ‘मिसेस आर्यन नेपाल–२०१९’ को उपाधी कबिताले आफ्नो पक्षमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् ।
फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कबिताले उपाधी जितेकी हुन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधा पनि कबिताले आफ्नो पोल्टामा पारिन् ।
एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस आर्यन नेपाल–२०१९’ को सबटाइटलमा क्रमशः बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पूजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पूजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन् ।
प्रतियोगीतामा निर्णायक मण्डलमा पूर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए ।