
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चच हुई’ को छायांकन गत साता देखि हङकङमा भइरहेको छ । नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा चलचित्रको छायांकन भइरहेको छ ।
पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको अभिनय रहेको चलचित्रको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टोली हङकङ पुगेको हो ।
‘तान्द्रो’, ‘अनागत’, ‘सुस्केरा’ र ‘साढे सात’ निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल चलचित्र निर्देशन गरिरहेका छन् । साम्तेन डेब्यु निर्देशन ‘लेटर’ मार्फत नै दर्शक माँझ नोटिस भएका निर्देशक हुन् ।
छायांकनको लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटासँगै छायांकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया लगायत हङकङमा छन् । अहिले आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको छ ।
कमेडी जानराको चलचित्र ‘चच हुई’ लाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् ।