site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
छ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । 

केन्द्रीय बैंकले १३ वर्ष अवधिको विकास ऋणपत्र २०८९ (ख) बोलकबोल प्रक्रियाद्‍वारा बिक्री गर्ने भएको हो ।  बोलकबोल २०६९ जेठ ९ गते दिउँसो ३ बजे हुनेछ । ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठन तथा नेपाली नागरिकले गर्न सक्ने बताइएको छ । ऋणपत्र २०८९ जेठ ९ गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
 
प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहबिच बिक्री गरिने कुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४८० करोड र १२० करोड छुट्याइएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro