site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशन टार्ने चलखेल सुरु भयोः वरिष्ठ नेता पौडेल

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको बताएका छन् । राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिलाढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिल्यैबाट सुरु भएको बताएका हुन् ।

‘‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनको काम गर्न ढिलाइ गरिँदै छ । संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिँदैछ । यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ,’’ उनले भने । नेता पौडेलले पार्टीका भ्रातृ संगठनको अधिवेशन डरले सभापति शेरबहादुर देउवाले रोकेको आरोप लगाए । 

Dabur Nepal
NIC Asia

संवैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभापति देउवाले ठूलो गल्ती गरेको उनले आरोप लगाए । पौडेलले भने, ‘‘संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठूलो गल्ती गर्नुभएको छ । यो विषयमा पार्टीभित्र समीक्षा हुन जरुरी छ । संवैधानिक आयोगमा प्रतिपक्ष दलको प्रतिनिधित्व नहुनु गम्भिर विषय हो ।’’

कांग्रेसले गाउँगाउँबाट संगठन विस्तार गरेर कांग्रेसलाई ठूलो बनाउनुपर्ने उनको भनाइ थियो । पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मूल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी रहेको आवश्यकता औंल्याए । उनले कैलालीका जनतालाई जगाएर जग्गाको मालिक बनाउने काम कांग्रेसले गरेको पनि स्मरण गरे । नेता पौडेलले कांग्रेसका पालामा कमैया मुक्ति गराएको स्मरण गर्दै मुक्त कमैयालाई पाँच–पाँच कठ्ठा जग्गा दिलाउने काम कांग्रेसले सुरु गरे पनि पूरा गर्न नसकेको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro