site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपराह्नपछि काठमाडौंमा वर्षा, आजभन्दा भोलि ठूलो पानी पर्ने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सोमबारको तुलनामा केही कम वर्षा हुनेछ । 

“हिजोको तुलनामा आज केही कम वर्षा हुनेछ । बंगालको खाडीबाट आएको हावामा जलवाष्प केही कम छ, त्यसैले हिजोको तुलनामा आज कम वर्षा हुनेछ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “तर, स्थानीय र पश्चिमी वायु सक्रिय हुँदा ठाउँठाउँमा वर्षा हुनेछ ।” 

काठमाडौंमा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको छ । दिनभर बदली हुने र अपराह्नपछि वर्षा हुने उनले जानकारी दिए । 

“अपराह्न २ बजेपछि सुरु भएर ६ बजेभित्रसम्म काठमाडौंमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ,” मौसमविद् झाले भने । 

आजको तुलनामा काठमाडौंमा भोलि ठूलो वर्षा हुनेछ । बंगालको खाडीबाट आउने वायुमा जलवाष्प बढी हुँदा आजभन्दा धेरै भोलि काठमाडौंमा वर्षाको सम्भावना रहेको हो । 

आजसम्म पूर्व र मध्य तराईमा केन्द्रित रहेको वर्षा भोलिबाट पश्चिम नेपालमा पनि पुग्नेछ । “भोलिबाट वर्षा पश्चिममा पनि हुनेछ,” मौसमविद् झा भन्छन्, “भोलि कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुनेछ ।” 

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेश थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro