site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मिकेलान्जेलोको पहिलो स्केच भेटियो 

एजेन्सी । पुनर्जागरण कालका इटालीयन कलाकार मिकेलान्जेलोको पहिलो स्केच भेटिएको छ । उक्त स्केच उनको बच्चा बेलाको हुनसक्ने बताइएको छ । 

उक्त चित्र इटालियन पुनर्जागरण कालका अध्येता सर टिमोथी क्लिफोर्डद्वारा पहिचान गरिएको थियो । उनले भनेका छन्, “विश्वप्रसिद्ध कलाकारको यो पहिलो स्केच सन् १४८७ तिरको हुनुपर्दछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त चित्र मिकेलान्जेलोको मास्टरपिस पाइटा, डेविड र सिस्टाइन चेपलभन्दा निकै पहिले बनाइएको डेलिमेलले बताएको छ । कलामा आफ्नो जीवन समर्पित गरेका मिकेलान्जेलोले मर्नुभन्दा पहिले आफ्ना सम्पूर्ण स्केचहरु जलाएका थिए तर योचाहिँ कसरी बच्यो अचम्मको विषय बनेको छ ।  

उनी १२ वर्षको छँदा उनलाई बाबुले कलाकार डोमिनिकोको संरक्षणमा राखेका थिए । यसैबेलामा उक्त चित्र बनाएको हुनसक्ने अनुमान गरिएको छ । 

यो पनि पढ्नुहोस्

अनौठा मिकेलान्जेलो

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १२:३१
प्रतिक्रिया दिनुहोस्