site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सिर्जना संवादमा भाषाशास्त्री पोखरेलको ‘पाँच सय वर्ष’

काठमाडौं । नेपाली वाङमयका साधक, भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उनको कृति ‘पाँच सय वर्ष’ माथि पाठकीय अन्तरक्रियाकासाथ सिर्जना संवाद सम्पन्न गरियो । 

मासिकरुपमा आयोजन हुँदै आएको सिर्जना संवाद कार्यक्रममा विभिन्न पुस्तकमाथि अन्तरक्रिया हुँदै आएको छ । काठमाडौंमा विहिबार आयोजित कार्यक्रममा भाषाशास्त्री प्रा. पोखरेलको कृतिमाथि छलफल भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भृकुटी मण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको आयोजनामा सम्पन्न सिर्जना संवादमा प्रा. डा. माधव पोखरेल, शरच्चन्द्र वस्ती, प्रह्लाद पोखरेल, गोकुल अधिकारी, जुजुभाइ डंगोल, वैरागी जेठालगायतले भाषाशास्त्री पोखरेलप्रति श्रद्धान्जलि अर्पण गर्दै उनको व्यक्तित्व र  कृतित्वबारे आफ्ना विचार राखेका थिए । 

प्रा. तीर्थराज वन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. सनतकुमार वस्तीले पनि भाषाशास्त्री प्रा. पोखरेलका विषयमा विविध जानकारी गराएका थिए । 

(तस्बिर : सनतकुमार वस्तीको फेसबूकबाट)
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०८:०८
प्रतिक्रिया दिनुहोस्