site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘चाउचाउ, बिस्कुटजस्तै फिल्म पनि हरेक ठाउँमा पुगोस्’ ( भिडियोसहित)

काठमाडौं । चलचित्र जात्रै जात्रा शुक्रबार रलिज हुने भएको छ । सोही चलचित्रका निर्मातासमेत रहेका नायक रविन्द्र सिंह बानिया र निर्देशक प्रदिप भट्टराईसँग बाह्रखरी टिमले कुराकानी गरेको छ । 

कुराकानीका क्रममा निर्देशक भट्टराइले आफ्नो कालाकारितामा लागेको १८ वर्ष भइसके पनि अझै सिक्ने क्रम जारी रहेको बताए । उनले भने, " आर्मीमा लामोसमेय पठायो भने चान्स पाएजस्तै मैले सिनेमा चान्स पाएको हो । यो क्षेत्रमा मेरो १८ वर्षको यात्रा भए पनि अझै सिक्ने क्रम जारी छ । उनले चाउचाउ, बिस्कुटजस्तै फिल्म पनि हरेक ठाउँमा पुग्‍नुपर्ने तर्क गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी निर्मातासमे रहेका चलचित्रका नायक रविन्द्र सिंह बानियाले भने, "नाटकबाट सुरुवात भएको मेरो कलाकारिता विस्तारै फिल्ममा प्रवेश गरेको हो । जसमा सन् २०१४ मा पहिलो पटक टलक जङ भर्सेस टुल्के ठूलो पर्दामा लिएर आएको हुँ ।" 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  २०:१४
प्रतिक्रिया दिनुहोस्