
काठमाडौं । महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा साइमोन थापाको अधक्ष्यतामा उक्त समिति गठन भएको हो ।
साइमोन थापाको अधक्ष्यतामा ९ सदस्ययी कार्यसमिति गठन गरिएको छ । उपाधक्ष्यमा अस्मिन श्रेष्ठ, महासचिवमा धावा लामा, सचिव लक्ष्मन वस्नेत कोषाधक्ष्य आभाष श्रेष्ठ त्यस्तै सदस्यहरुमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र स्रिस्टी भट्टराई रहेका छन् ।
महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपालले महोत्तरी जिल्ला भित्र रहेका सम्पूर्ण कलाकारहरुलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरुको हकहितमा लड्ने, जिल्लामा भएका सम्पूर्ण कलाकारहरुलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरुलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उदेश्यले यस समिति गठन गरिएको उक्त सस्थाका नव निर्वाचित महासचिव धावा लामाले बताए ।