site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भाषा जोगाऊँ—२

— रमेश भट्टराई ‘सहृदयी’ 


भाषिक रक्षामा उदारवादी सोच

नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्पm ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्पm ध्यान दिन थाल्छन्, तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकले समृद्धि, भौतिक सम्पन्नतातर्पm पाइला त चालिसकेको छ तर भाषाको रक्षाको विषय मामुली मानिँदा लापरवाही भइरहेको छ । विगतमा सञ्चार माध्यमले नै उचाइमा पु¥याएको भाषालाई हिजोआज धेरैजसो सञ्चार माध्यमले भाषिक खिचडीजन्य कार्यक्रममा बडप्पन शैलीलाई हाबी बनाइरहेका छन् । यसो भनिरहँदा सञ्चार माध्यम नै भाषाको जगेर्ना गर्ने शक्तिशाली आधार थियो र छ र रहिरहनेछ । सवाल, राष्ट्रियताको रक्षाको हो । नेपालका सबै भाषा राज्यका हरेक नागरिकका सम्पत्ति हुन् । यिनको रक्षा गर्नु भनेको नेपालको अमूल्य निधिको रक्षा गर्नु हो । 

भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचान मात्र होइन, तिनको रैथाने ज्ञान, सीप, कला, विज्ञानलगायतका मूल्यवान् पाटाहरू जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोकचल्लकालीन दुल्लुको शीला अभिलेख, जुन वि.सं. १३१७ देखि १३२७ सम्मको अड्कलसम्म पुग्नुपर्छ । शीलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जनको विनाश हुनु हो । प्रसिद्ध भाषाविद् चूडामणि बन्धूले ‘नेपाली भाषा सङ्गोष्ठी–२०६७’ मा उल्लेख गर्नुभए अनुसार भाषा चित्रात्मक लिपिबाट भावात्मक लिपि हुँदै आजका अक्षरात्मक र वर्णात्मक लिपिसम्म आइपुगेका हुन् । यसका साथमा भाषाका कुशल अध्येता कृष्णप्रसाद आचार्यले आफ्ना पुस्तकहरूमा उल्लेख गर्नुभएका अभिलेखकालीन इतिहासलाई नियाल्दा अशोकचल्ललगायत अक्षयमल्लको देवल अभिलेख (वि.सं. १३३७), आदित्यमल्लको ताघवाई गुम्बाको ताम्रपत्र (वि.सं. १३७८), पृथ्वीमल्ल राईको कनकपत्र (वि.सं. १४१३) र निरयपालको ताम्रपत्र (सं. १४१९) पुगेर नेपाली भाषाको विकासलाई हेर्न सकिन्छ । यसको अर्थ एउटा भाषा जन्मिन, विकसित र विस्तारित हुन त्यसका लागि ध्वनि, वर्ण, रूप, वाक्यगत व्याकरणिक अवस्थाका साथै लिपि, वाङ्मय, शब्दकोश, साहित्यको विकास र विस्तार, प्रयोग चलनको फैलावट जस्ता विविध जटिल पक्षले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । एउटा भाषालाई जन्माएर लिपिदेखि साहित्यसम्मको विकास गरी विस्तार गर्नु कुनै चानचुने काम होइन । कयौं समय घोत्लेर अनुसन्धान गरेर, खोजेर एउटा व्यवस्थामा विकसित भाषालाई हाम्रा पुर्खाले नाशोका रूपमा अर्पेका छन् तर हामी कति लापरवाहीका साथ बेवास्ता गर्दै आधुनिकताको बडप्पन देखाउनतिर अन्धो बनेका छौं । 

भाषाले समाजसँग प्रत्यक्ष साइनो गाँसेको हुन्छ । संस्कृति उसको मेरुदण्ड हो । मानिस सामाजिक प्राणी भएकाले उसका लागि समाज र समाजलाई जोड्नका लागि संस्कृति चाहिन्छ । भाषाले मानव सभ्यताको साइनोलाई कसिलो बनाउन समन्वयकारी भूमिका खेलेको हुन्छ । यसर्थ सामाजिक संरचनामा भाषाको जगेर्ना अनिवार्य शर्त हो । भाषासँग साहित्य र साहित्यसँग ज्ञान तथा जीवनको वास्तविक आनन्द लुकेको हुन्छ । यसर्थ भाषासँग आनन्द लुक्छ । चिकित्साको कुरा गर्दा वि.सं. १७७३ तिर लेखिएको मानिने ज्वरोत्पत्ति चिकित्सामा ज्वरोका प्रकारदेखि औषधि विज्ञान लुकेको रहेछ । उपचार विधि रहेछ । भाषा जीवन र जगत्को गहन तŒव लुकेको वाङ्मय रचनाको माध्यम हो । अतः यो मान्छेको अपूर्व सक्षमताको उपज हो ।

नेपाली भाषालाई स्तरीय तथा मानक बनाउन बेलाबेलामा विविध भाषिक आन्दोलन भएजसरी नै अब बहुसङ्ख्यक नेपालीहरू (४४.६४%)को मातृभाषा तथा माध्यम भाषा नै नेपाली भाषा भएकाले बौद्धिक र प्राज्ञिक जमातले शुद्धीकरणको अभियानमुखी जागरणमा चासो देखाउनुपर्छ । विगतमा हलन्त बहिष्कार आन्दोलन (१९६५), झर्रोवादी आन्दोलन (२०१३), वर्णविन्यास सुधार आन्दोलन (२०३४) जस्ता भाषासम्बन्धी आन्दोलनहरू भएका हुन् । यतिखेर भाषा शुद्धीकरण तथा मातृभाषा बचाऊ आन्दोलनको खाँचो छ । यो समाजलाई बदल्ने हो भने स्थानीय सम्भाव्यता केलाएर होमस्टे सञ्चालनसम्मको सोचमा भाषिक विकासको खाँचो छ । हामीले मरिमेटी अङ्ग्रेजी घोक्ने मात्र होइन, हाम्रा भाषा पनि सिक्ने र सिकाउने वातावरणतर्फ पनि सोचौं । पाश्चात्य समाजलाई हाम्रा कुरा पनि त सिकाउनेतिर सोचौं । अर्थतन्त्रको जगलाई बलियो बनाउन स्थानीय सरकारले त्यहाँका भाषा र संस्कृतिको समेत जगेर्ना गर्नतिर ध्यान देऊन् । नेपालका भाषाको रक्षा गरियोस् । हिजो हलन्त बहिष्कार आन्दोलनका अग्रणी व्यतिm राममणि आ.दी.ले वि.सं. १९६५ मा ‘माधवी’ पत्रिकामार्फत् हलन्त बहिष्कार आन्दोलनलाई चर्काएजसरी आजको सञ्चार माध्यमले यो पुनित कार्यमा कदम बढाओस् । कथ्य भाषाको अनुशासनमा मूलतः सञ्चार माध्यममा नियम बनाइयोस् । भाषा परिवर्तनशील त हुन्छ नै तर लेख्य भाषाको शुद्धीकरणका लागि हरेक कार्यालयमा संघ तथा प्रदेशको भाषाको लेखाइमा शुद्धता अनिवार्य शर्त होओस् । यसलाई नियन्त्रित शैली र बोझिलो भनेर कसैले मान्छ मात्रै भने भोलिको भाषिक अपक्षयको जिम्मेवार त्यो समूह वा व्यक्ति हुन्छ । भाषिक मृत्युको जोखिम न्यूनीकरण गर्दै भाषागत अस्तित्व रक्षा गर्न भाषिक न्यायसम्मत भाषानीति तथा योजनालाई भाषा आयोगमार्पmत् कार्यक्रम तय गरियोस् । सवारी साधनदेखि पसलका विज्ञापन, सूचना बोर्डमा कमसेकम नेपाली भाषा अनिवार्य प्रयोग गर्नुपर्ने, अङ्ग्रेजीमा लेख्नुपर्छ भने कोष्ठकमा नेपालीको तल्तिर लेख्नुपर्ने तथा स्थानीय क्षेत्रमा प्रादेशिक भाषा, नेपाली भाषा र अङ्ग्रेजी चाहिए तेस्रो स्थानमा लेख्ने विज्ञापन बोर्डको परिकल्पना गर्नुपर्ला कि भन्ने सुझाव पेस गर्न सकिएला । 

खुशी मान्ने या दुःखी– नेपाली भाषाको पहिलो व्याकरण लेखक जे.ए. एटन हुन् । उनले ई. १८२० मा ‘ग्रामर अफ नेपाली ल्याङ्ग्वेज’ भनेर लेखिदिए । हामी आफ्ना कुरामा ध्यान दिँदैनौं, विदेशीले लेखिदिनु प¥यो । जगाइदिनु प¥यो । हामीलाई लाज हुनुपर्छ । नेपालमा संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ गते बल्ल भाषा आयोगको आवश्यकतालाई बोध गरिएको अवस्था हो । हाल भाषा आयोगले कमसेकम भाषिक उन्नयनमा कोसिस गरिरहेको छ तर राज्यले भाषा कुन चराको नाम हो, सोच्ने फुर्सद पाएको देखिँदैन । अन्ततः नेपाली भाषाको मानकीकरणमा झर्रोवादी आन्दोलनदेखि नेपाली भाषाको निजत्वका विषयमा आवाज उठाई मानकीकरणमा योगदान पु¥याएका सन्दर्भको स्मरण गर्दै अब भाषाको विशेष अध्ययन, अनुसन्धान तथा नीति र योजनाको आवश्यकता छ । नेपालमा लुप्तप्रायः भइसकेका भाषालाई चलन चल्तीमा ल्याएर स्तरीकृत र मानकीकृत गर्ने, लेखन पद्धतिमा सरलीकरण र नियमगत सुस्पष्टता प्रदान गर्नेदेखि भाषाविद्सँगको रायअनुसार देशले भाषिक जागरणमा ध्यान देओस् । 

bhattarairamesh353@gmail.com

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १२:०२
प्रतिक्रिया दिनुहोस्