site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंगलबारसम्ममा नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्छौंः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले पोलमा टाँग्ने तारको नयाँ भाडादरमा मंगलबारसम्म सम्झौता नगरे तार काट्न सुरु गरिने बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै घिसिङले व्यवसायीलाई मंगलबार छलफलका लागि बोलाएको र सो दिनसम्म पनि व्यवसायी प्राधिकरणको सम्पर्कमा नआए तार काट्न सुरु गरिने स्पष्ट पारे । 

प्रबन्ध निर्देशक घिसिङले भने, “हामीले यसअधि शुक्रबारसम्म व्यवसायीलाई नयाँ भाडादरमा सम्झौता गर्न समयसीमा दिएका थियौं । यसअवधिमा व्यवसायीले हामीसँग सम्झौता गरेनन् ।” टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले नयाँ भाडा दरमा सम्झौता गर्न सात दिनको समयसीमा तोकेको थियो । उक्त समय सीमा शुक्रबार सकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुले बताउँदै आएका छन् । प्राधिकरणले २०७५ साउन १ देखि पोलमा तार टाङ्ने र अप्टिकल फाइबर बिछ्याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने सेवा प्रदायकको गुनासो छ ।

प्राधिकरणले तोकेको नयाँ दररेट अनुसार नगरपालिकाका पोलहरुमा इन्टरनेट र टेलिभिजनको तार टाँगेको प्रति किलोमिटर प्रतिवर्ष ५ हजार ५० रुपैयाँ तिर्दै आएकोमा नयाँ दररेट अनुसार १४ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरी गाउँपालिकामा प्रतिवर्ष प्रति किलोमिटर १२ सय ५० तिर्दै आएकोमा १४ हजार चार सय तिर्नुपर्ने हुन्छ । 

त्यसैगरी अप्टिकल फाइबर केबल बिछ्याएको नयाँ दररेट अनुसार प्रति किलोमिटर प्रति कोर प्रति वर्ष १४ हजार ४ सय भएकोमा ७२ हजार तिर्नुपर्ने हुन्छ । सेवा प्रदायकले यो पैसामा सेवा प्रदान गर्न नसक्ने बताउँदै आएका छन् । नयाँ दररेट नै पालना गरे इन्टरनेट तथा टिभी सेवा प्रदायकलाई थप ७५ करोड रुपैयाँ व्ययभार बढ्ने व्यवसायीको तर्क छ र यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने उनीहरु बताउँछन् ।

देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro