site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
मैले यसरी सन्यास लिन्छु भनेर कहिले सोचिनँ 
SkywellSkywell

काठमाडौं । सर्वाधिक गोलकर्ता पूर्वकप्तान अनु लामाले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेकी छन् । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले आइतबार एन्फा डेका अवसरमा आयोजना गरेको अर्वाड कार्यक्रममा अनुले विशेष योगदान बापतको अर्वाड ग्रहण गर्दै १५ वर्षीय फुटबल करिअरबाट सन्यास लिने घोषणा गरेकी हुन् ।

२०१० बाट राष्ट्रिय जर्सी लगाएकी अनुले नेपालका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । कम प्रतियोगिताकाबीच उत्कृष्ट स्टाइकरको उपमा पाएकी उनी खुट्टाको शल्यक्रियापछि राष्ट्रिय टोलीमा फर्किए पनि निरन्तर रहन सकिनन् । त्यही कारण उनले १० नम्बरको जर्सी भित्तामा झुण्ड्याउने निर्णय गरेकी हुन् । 

KFC Island Ad
NIC Asia

तर, घरेलु प्रतियोगितामा भने उनलाई विभागीय क्लब एपीएफबाट मैदानमा देख्न सकिने छ । फागुनमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपबाट सन्यास लिने घोषणा गरेकी उनले अन्तत: सन्यासका लागि एन्फा डे को सहारा लिनुपर्‍यो ।  साफको तयारीका लागि लामो समय प्रशिक्षणमा बिताएकी उनले हिरो वुमेन्स गोल्डकपमा सहभागी भएकी थिइन् । प्रशिक्षक हरि खड्काले अन्तिम समयमा मैदानमा प्रवेश दिएर उनलाई शल्यक्रियापछि राष्ट्रिय टोलीमा फर्काए ।

तर साफ खेल्ने उनको सपना भने पूरा हुन सकेन् । साफ सुरू हुन एक साताअघि अन्तिम टोलीमा नाम नअटाएपछि अनुको सपना एकसाताअघि चकनाचुर भएको थियो । साफ खेल्ने  टोलीमा नपरेपछि राष्ट्रिय फुटबलको जर्सी नलगाउने निर्णय गरेकी उनले आइतबार अन्नत सन्यास लिइन् । २०१० मा बंगलादेशको ढाकाबाट सुरू भएको राष्ट्रिय फुटबल करीअरमा हिरो वुमेन्स गोल्डकप अन्तिम प्रतियोगिता बन्‍न पुग्‍यो ।

आइतबार विशेष योगदान बापतको सम्मानपछि अनुले भनिन्, "मैले यसरी सन्यास लिन्छु भनेर कहिले सोचिनँ । समय र परिस्थित नै यस्तै भयो । मञ्‍चमा नभई खेल मैदानबाट सन्यास लिने सोचेको थिएँ । मैदानबाट सुरू भएको करीअर मैदानबाट अन्त्य गर्ने थियो । एउटा खेलाडीको चाहना पनि त्यहि हो । तर अर्को मौका पनि थिएन । त्यही भएर सन्यास लिने निर्णय गरे । सन्यास नमिठो भएपनि एन्फाको सम्मानले खुसी छु।"

उनलाई एन्फाले विशेष योगदान बापत १५ लाख पुरस्कार दिएको छ । उनी एन्फाबाट ठूलोराशी पुरस्कार पाउने पहिलो महिला खेलाडी समेत हुन् । १५ वर्षीय करीअरलाई सम्झिँदै अनुले भनिन्, "यत्रो वर्ष कसरी बित्यो थाहा नै भएन् । खेल जीवनमा धेरै उतारचढाव आउँछन् । देशका लागि खेलियो । साथीभाइबीच रमाइलो हुन्थ्यो । पुराना दिन सम्झिँदा कहिले खुशी र कहिले दुखी भइन्छ विशेष घाइते भएको कुराहरु धेरै नै सम्झन्छु । शल्यक्रिया गर्न नपरेको भए अझै खेल्थें जस्तो लाग्छ तर देशका लागि योगदान दिन सकें, आफनो जिम्मेवारी बहन गरें ।"

२०१० बंगलादेशको ढाकामा सम्पन्न ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मा अनुले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै ५ गोल गरेपछि अनुको सर्वत्र चर्चा भएको थियो । एन्फाबाट सम्मान बापत पाएको रकम के गर्ने भन्ने प्रश्नमा अनुको उत्तर, "खेलजीवनको अन्तिमतिर पाएको रकम सही ठाउँमा सदुपयोग गर्नेछु । अहिले नै के गर्ने सोचेको छन् । तर फुटबलसँग सम्बन्धित काममा खर्च गर्नेछु ।"

सम्मानलाई गुरु स्वर्गीय शेरबहादुर गुरुङप्रति समर्पित गरेको अनुले बताइन् । "गुरुले खुट्टा समातेर नसिकाएको भए म अनु लामा हुने थिइन् होला गुरु र फुटबल समर्थक नै मेरो यात्राका भगवान हुन् । यो अर्वाड पनि उहाँप्रति समर्पित गर्छु" , अनुले थपिन्, "समर्थकको माया र साथले धेरै सहज भयो । अझै पनि विश्वास छ महिला फुटबललाई साथ र सहयोग गर्नुहुनेछ ।"

नेपाली महिला टोली पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । ओलम्पिक छनोटको दोस्रो चरण, हिरो वुमेन्स गोल्डकपमा उपविजेता, साफमा उपविजेतालगायतका प्रतियोगिताले खेलाडी उत्साहित छन् । अनुले महिला टोलीले अझै अन्तर्राष्ट्रिय एक्सपोजर पाए धेरै राम्रो खेल्ने बताइन् । "भविष्य सुन्दर, मेहनतकासाथ खेल्न बहिनीहरुलाई आग्रह गर्दछु । अहिले प्रतियोगिता पनि बढेका छन् । एकपछि अर्को खेल खेल्दा धेरै कमजोर पक्षलाई सुधार गर्न सकिन्छ । मेहनतको फल आउँछ त्यही भएर म बहिनीहरुलाई कडा मिहनेत गर्न सुझाव दिन्छु", अनुले भनिन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro