site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अझै टुंगो लागेन नेपालको राष्ट्रिय खेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका अधिकांश राष्ट्रहरूले आफ्नो राष्ट्रिय खेलको घोषणा गरेका हुन्छन् । आफ्नो राष्ट्रको मौलिकता र त्यस राष्ट्रमा सर्वाधिक रुचाइएको एक विशेष खेललाई आफ्नो राष्ट्रिय खेलको दर्जा दिइएको हुन्छ । 

नेपालको राष्ट्रिय खेल कुन हो भनेर खेलकुद क्षेत्रका अधिकारिक निकायहरूले नै भन्न सक्दैनन् । आमनागरिक त झन्  यसबारे जानकार हुने कुरै भएन । सामान्य ज्ञानका कतिपय पुस्तकमा नेपालको राष्ट्रिय खेल कबड्डीलाई उल्लेख गरिएको छ । जनस्तरमा पनि कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल मानिन्छ । तर, औपचारिक रूपमा नेपालको राष्ट्रिय खेल अहिलेसम्म तोकिएको छैन । 

“नेपाली खेलकुदमा म २५ वर्षदेखि छु । नेपालको लागि धेरै अन्तर्राष्ट्रिय खेलहरू खेल्ने सौभाग्य पाएको छु । तर, अहिलेसम्म नेपालको राष्ट्रिय खेल यो हो भनेर यकिन हुन सकेको छैन,” तेक्वान्दोका कीर्तिमानी खेलाडी तथा प्रशिक्षक दीपक विष्ट भन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत हुन् । अब तोक्न लागिएको राष्ट्रिय खेल देशको माटो सुहाउने र देशको लागि पदक जित्ने खेललाई बनाउनुपर्ने उनी बताउँछन् । 
तेक्वान्दोका दीपक विष्टमात्र हैन, नेपालका अधिकांश खेलाडी आफ्नो देशको राष्ट्रिय खेलबारे अनभिज्ञ छन् । 

पछिल्लो समय राष्ट्रिय खेलबारे बहस हुन थालेपछि सरकारले पनि राष्ट्रिय खेलको अन्योल चिर्न गृहकार्य गरिरहेको छ । खेलकुद मन्त्रालयले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पालामा नै नेपालको राष्ट्रिय खेल छनोट गर्न सहसचिव चूडामणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । 
२०७१ पुसमा गठन भएको समितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) विद्यालय खेलकुद विभागका प्रमुख मदनजंग राणा र मन्त्रालयकै खेलकुद विभाग उपसचिव रामबहादुर हमाल सदस्य छन् । उक्त समिति गठन भएको २ वर्ष बितिसकेको छ । तर पनि अझै नेपालको राष्ट्रिय खेलको टुंगो लागेको छैन । 
“राष्ट्रिय खेलको आधिकारिकता टुङ्गो लगाउन मन्त्रालयलाई हामीले प्रतिवेदन बुझाइसकेका छौं,” राष्ट्रिय खेलको आधिकारिकता कानुनी रूपमै टुंगो लगाउने तयारी भएकोले ढिला भएको बताउँदै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा छनोट समितिका संयोजक पौडेलले बाह्रखरीसँग भने । राष्ट्रिय खेलको टुंगो खेलकुद ऐनबाटै गरिने भएकोले ढिला भएको उनको भनाइ छ । 

Global Ime bank

मन्त्रालय र क्याबिनेटबाट पारित नभई राष्ट्रिय खेल टुंगो लगाए दिगो नहुने र सरकार परिवर्तनसँगै राष्ट्रिय खेल परिवर्तन नहोस् भनेर कानुनी रूपमै राष्ट्रिय खेलको टुंगो लगाउने काम ढिला भएको उनले बताए ।

राष्ट्रिय खेलको अधिकारिकता टुङ्गो लगाउन ‘खेलकुद विकास ऐन’ परिमार्जित भइसकेको र मन्त्रालयले ऐन पारित गराउन कानुन मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए ।

“ऐनको काम मन्त्रालयबाट सकिइसकेको छ । हामीले सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको एक महिना भइसक्यो । कानुन मन्त्रालयबाट छलफलका लागि बोलाउनुभएको छैन,” पौडेलले थपे, “अब काम प्रक्रियागत रूपमा सरासर अघि बढे एक वर्षभित्र राष्ट्रिय खेलको टुंगो लाग्नेछ ।” पौडेलका अनुसार कानुन मन्त्रालयबाट ऐन पारित भएपछि छनोट भएका तीन खेलबारे क्याबिनेटमा छलफल हुनेछ । त्यसपछि राष्ट्रिय खेलबारे संसदमा छलफल गरेर संसदबाटै पारित हुने पौडेलको भनाइ छ ।

सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिले ३ खेल राष्ट्रिय खेलका लागि उपयुक्त भएको प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । “हामीले बृहत् छलफलबाट नेपाललाई सुहाउने ३ खेल सिफारिस गरिसकेका छौँ । छनोट भएका खेलहरू मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्तावसमेत पठाएको थियो,” पौडेलले भने, “हामीले देशको माटो सुहाउँदो खेलहरू सिफारिस गरेका छौँ ।”

२०७१ पुस ७ मा गठन गरेको समितिले राष्ट्रिय खेलका लागि भलिबल, तेक्वान्दो र कबड्डी खेललाई सिफारिस गरेको थियो । 
समितिले छनोट गरेको खेलमा यसअघि राष्ट्रिय खेल भनिँदै आएको डण्डीबियो भने परेको छैन । समितिले डण्डीबियो नेपालको पुरानो खेल भए पनि अन्तर्राष्ट्रिय स्तरमा पदक नपाउने र अन्तर्राष्ट्रिय खेल नहुने हुँदा छनोट नगरेको हो ।

“हामीले सबै खेल र संघहरूसँग अन्तरक्रिया र छलफल गरेर लोकप्रिय र पदकको लागि उपयुक्त खेल छनोट गरेका हौँ,” सहसचिव पौडेलले भने, “डण्डीबियो नेपालको पौराणिक खेल हो तर हामीले छनोट गरेनौँ । जुन खेलले ओलम्पिक, एसियाली स्तरमा सहभागिता जनाउन सकिँदैन भन्ने समितिको ठहर छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement