site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सावित्रा र अनिताको सेतुसँगको सम्झौता अन्तिम चरणमा 
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतको भारतीय लिग क्लब सेतु फुटबल क्लबसँगको सम्झौता अन्तिम चरणमा पुगेको छ । हस्ताक्षरलगायतका काम सकिएको र एपीएफले अखिल नेपाल फुटबल संघ ‘एन्फा’लाई पत्र पठाउने प्रक्रिया मात्र बाँकी रहेकोले प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ । विभागीय क्लब एपीएफमा आबद्ध सावित्रा र अनिताले सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । 

अब उनीहरु आबद्ध एपीएफले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाएपछि प्रक्रिया सकिने व्यवस्थापन गरिरहेका महिला टोलीका प्रशिक्षक हरि खड्काले जानकारी दिए । प्रशिक्षक खड्काका अनुसार करीब १ महिनासम्म चल्ने लिगका लागि सावित्रा ८० हजार भारतीय रुपैयाँ र अनिता ६५ हजार भारतीय रुपैयाँमा आबद्ध हुन लागेकी हुन् । उनीहरु आबद्ध हुने सेतु फुटबल क्लब गत सिजनको उपविजेता टोली हो । 

KFC Island Ad
NIC Asia

यस सिजनको लिग मे ५ बाट सुरु हुँदैछ । भारत तामिलनाडुको सेतु क्लबले उपाधि लक्ष्यसहित विदेशी खेलाडीको कोटामा नेपालकी सावित्रा र अनितालाई रोजेको हो । दुबै खेलाडीले सेतुसँगको सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । हाल आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङ पुगेका साबित्रा र अनिताले लिगका लागि उत्साहित रहेको बताएकी छन् । एकसाताको घरेलु लिगमा चित्त बुझाइरहेका खेलाडी व्यवसायिक लिगका लागि आबद्ध हुन लागेको पहिलो पटक हो ।
 
यसअघि साबित्रा र अनिताले २०१६ र २०१७ मा माल्दिभ्समा फुटसल खेलेका थिए । साबित्रा र अनिता नेपाली राष्ट्रिय महिला फुटबल टोलीका महत्वपूर्ण सदस्य हुन् । साबित्रा स्ट्राइकर हुन् भने अनिता मिडफिल्डर हुन् ।
 
पाकिस्तानको इस्लामावादमा २०१४ मा भएको तेस्रो महिला साफ च्याम्पियनसिप फुटबलमा राष्ट्रिय टोलीमा एकैसाथ डेब्यु गरेका दुबै जना अब केही समयपछि भारतको राष्ट्रिय लिगमा देखिने भएका छन् । 

को हुन सावित्रा ?

Royal Enfield Island Ad

अनु लामापछि नेपाली महिला फुटबलमा उदाएकी खेलाडी हुन् सावित्रा भण्डारी । तीव्र गति र गोलमेसिनका रुपमा परिचित सावित्रा 'साम्बा' उपनामबाट परिचित छन् । ९ नम्बरको जर्सीमा मैदानमा देखिने २२ वर्षीया सावित्राले २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणको साफबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी हुन् । 

अग्लो कद, ब्वाइज कट कपाल, चम्किलो अनुहार, हाँस्दा देखिने ठूला दाँत । साम्बाको हुलिया यति हो । तर दुई वर्षअघि भारतमा सम्पन्न चौंथो महिला साफ च्याम्पियनसिपले उनको परिचय एकाएक थप फराकिलो पारेको थियो ।


 
सर्वाधिक गोलकर्ता बनेपछि एकाएक चर्चामा आएकी साबित्रा हालै घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा पनि सर्वाधिक गोलकर्ता बनिन् । उनी नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छिन् ।
 
अनु लामा ३५ गोलसहित शीर्षस्थानमा रहँदा साबित्रा उनी नजिक छन् । २८ अन्तराष्ट्रिय गोल गरेकी सावित्राले पाँचौं साफमा ४ तथा त्यसअघि चौथो साफमा १२ गोल गरेकी थिइन् । दक्षिण एसियामा उत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी सावित्राले घरेलु प्रतियोगितामा एपीएफलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । 

को हुन् अनिता बस्नेत ?

राष्ट्रिय टोलीमा ११ नम्बरको जर्सी लगाउने अनिता बस्नेत महिला टोलीका लागि भरपर्दो मिडफिल्डर हुन् । विगत पाँच वर्षदेखी राष्ट्रिय टोलीमा स्थान बनाइरहेकी अनिता पाँचौं महिला साफ च्याम्पियनसिपपछि थप चर्चामा आइन् । उनको चर्चाको कारण थियो - गोल सेलिब्रेसन । जुन हेर्न लायक थियो । 

सेमिफाइनलमा श्रीलंकाविरुद्ध गोल गर्दा यूभेन्ट्सका अर्जेन्टिनी स्टार पाउलो डेबालाको उनले सेलिब्रेसनको नक्कल गरेकी थिइन् । जुन निकै चर्चामा आएको थियो । तेह्रथुममा जन्मिएकी २४ वर्षीया अनिताले घरेलु लिगमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् ।
 
उनले पनि सन् २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणको साफ च्याम्पियनसिप राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् । उनले २ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । पाँचौं साफअघि भारतमा सम्पन्न भएको हिरो वुमन्स गोल्डकपमा १ गोल गरेकी अनिताले माल्दिभ्समा २०१६ र २०१७ फुटसल खेलेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro