site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु गरिएको जानकारी दिएका हुन् । 
बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समुदायहरुको पनि तथ्यांक संकलनको कामलाई सुरु गरिएको जनाएको छ ।
विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भईरहेको पनि समितिलाई जानकारी गराए । 
केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको काम सुरु गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १३:४६
प्रतिक्रिया दिनुहोस्