site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 भारतविरुद्ध परीक्षा : साफको बदला लिने लक्ष्यमा नेपाल 

काठमाडौं । जापानको टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक प्रतियोगिताका लागि म्यानमारमा जारी दोस्रो चरणको महिला फुटबल छनोटमा नेपाल शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । ६ महिनाअघि पहिलो चरणमा बराबरी खेलेको नेपाल दोस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

दुई साताअघि घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध हार व्यहोरेको नेपाल बदला लिने लक्ष्यमा मैदान उत्रिँदैछ । खेल मन्डलार थिरी रंगशालामा नेपाली समयानुसार दिउँसो २:१५ बजे सुरू हुनेछ । 

समुह ए को पहिलो खेलमा म्यानमारविरुद्ध आक्रमक खेल प्रदर्शन गरेको नेपाल त्यही लयलाई निरन्तरता दिँदै भारतमाथि जित निकाल्ने योजनामा छ । उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल घरेलु टोलीसँग ३-१ ले पराजित भएको थियो । 

प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्धको लयलाई कायम राख्दै भारतविरुद्ध जितको रणनीतीमा रहेको बताए । बाह्रखरीसँग कुरा गर्दै प्रशिक्षक खड्काले भने, "म्यानमाविरुद्धको खेल तारिफ योग्य हो । त्यही खेललाई निरन्तरता दिए जित निकाल्नेछौं । हाम्रो योजना ३ अंक जोड्ने हो।"

साफ च्याम्पियनसिपमा भएका कमजोरीलाई बिर्सिदै नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा छ । "विगतमा के भयो भन्‍ने भन्दा पनि अब के गर्ने भन्‍नेमा हामी केन्द्रित छौं । साना कमजोरीले साफमा हार्नुपर्‍यो अब ओलम्पिकमा पाएको सुन्दर अवसर गुमाउन चाहादैनौं", प्रशिक्षक खड्काले भने ।  

उनकाअनुसार टोलीकी मुख्य सदस्य सावित्रा भण्डारीको खेल रणनीती फरक हुनेछ । "साबित्रालाई रोक्ने लक्ष्य भारतको रहन्छ त्यही भएर सावित्रालाई फरक ढंगले मैदान उत्राने योजनामा छु", प्रशिक्षक खड्काले थपे, "साफमा भएका पीडा हटिसकेको छ । खेलाडीले त्यो बिर्सेर नयाँ खुसी दिनेमा आशावादी छु।"
 
कप्तान निरु थापाले साफको बदला लिने लक्ष्यमा रहेको बताइन् । विगतमा जे-जस्तो भएपनि अब राम्रो नतिजाका लागि मैदान उत्रिन कप्तान निरुको भनाई छ । "हामीले कस्तो खेल्छौं भनेर देखाइसकेका छौं । म्यानमारसँग भएका कमजोरीलाई सुर्धार्दै भारतसँग खेल्नेछौं । जितका लागि आशावादी छु । यो अवसर खेर फाल्ने छैनौं", कप्तान निरुले भनिन् । 

पछिल्लो समय नेपाल र भारतबीच तीन पटक प्रतिस्पर्धा भएको छ । ६ महिनाअघि ओलम्पिक छनोटको पहिलो चरण, एक महिनाअघि हिरो वुमेन्स गोल्डकप र दुई साताअघि साफ च्याम्पियनसिपको फाइनलमा भिडेका दुई टोली समग्रमा ६ महिनाको अन्तरालमा चौंथो पटक आमने-सामने हुनेछन् । 

आफूलाई प्रमाणित गर्दै गरेको नेपाल भारतमाथि २ प्रतिस्पर्धामा बाधक बनेको थियो । ओलम्पिक छनोटको पहिलो चरणमा १-१ को बराबरी गरेको नेपाल हिरो वुमन्स गोल्डकपमा पहिलो पटक भारतलाई उसैको मैदानमा हराउन सफल भएको थियो । सिनिएर टोलीमा पहिलो पटक २-१ को जित निकालेको नेपाल घरेलु मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा भने ३-१ ले पराजित भयो ।  चौंथो पटक फाइनलमा पराजित हुनुको पीडासहित म्यानमार पुगेको नेपाल भारतमाथि बदला लिने लक्ष्यमा छ । 

समूह ए मा रहेको नेपालले अन्तिम खेलमा मंगलबार इन्डोनेशियाको सामना गर्नेछ । समुह ए मा म्यानमार ३ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भएपनि भारत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इन्डोनेशियामाथि २-० को जित निकालेको थियो । नेपाल तेस्रो स्थानमा रहँदा इन्डानेसिया पुछारमा छ । समूहको शीर्ष स्थानमा रहने टोली तेस्रो चरणका लागि छनोट हुनेछ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro