site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारसँग ६ महिनामा चौंथो पटक प्रतिस्पर्धा गर्दै नेपाल 

काठमाडौं । म्यानमारमा बुधबारबाट सुरू हुने ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली म्यानमारको सामना गर्दैछ । 

समुह ‘ए’ को पहिलो खेलमा बलियो प्रतिद्‍वन्द्वी म्यानमारको सामना गर्न लागेको नेपाल पहिलो चरणमा निकालेको नतिजालाई निरन्तरता दिने रणनितीमा छ । कात्तिकमा म्यानमारमै सम्पन्न भएको पहिलो चरणमा नेपालले म्यानमारविरुद्ध १-१ को बराबरी खेलेको थियो । तर फागुनमा हिरो वुमन्स गोल्डकपमा नेपालले म्यानमारसँग दुबै खेलमा हार व्यहोरेको थियो । हालै घरेलु मैदानमा साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजय भोगेको नेपाल पीडा भुलाउने प्रयासमा छ ।
 
घरेलु मैदानमा भोगेको पराजयको पीडासहित म्यानमार पुगेको नेपाल सराकात्मक नतिजाको खोजीमा मैदान उत्रिने लक्ष्यमा छ । म्यानमारस्थित मन्डलार थिरी रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ५:१५ बजे सुरू हुनेछ । 

छ महिनाको अवधिमा चौथो पटक आमने-सामने हुन लागेका दुबै टोली तेस्रो चरण प्रवेशको लक्ष्यमा छन् । समूहको शीर्ष स्थानमा रहने टोली अर्को चरण प्रवेश गर्ने भएकाले खेल दुबैका लागि महत्वपूर्ण छ । नेपालभन्दा बलियो म्यानमार घरेलु मैदानमा आक्रामक खेलको रणनीतीमा रहँदा नेपाल रक्षात्मक खेलमा केन्द्रित हुनेछ ।
 
म्यानमार जानुअघि प्रशिक्षक हरि खड्काले टोलीअनुसार रणनिती बनाउने बताएका थिए । उनले म्यानमार समूहमा बलियो रहेकाले रक्षात्मक खेल प्रदर्शन गर्ने बताएका थिए । नेपाल फिफा वरियतामा १ सय ३ औं स्थानमा छ भने म्यानमार ४४ औं स्थानमा छ ।
 
पछिल्लो समय नेपाल र म्यानमारबीच भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा प्रतिस्पर्धा भएको थियो । लिग चरणमा ३-० ले पराजित नेपालले फाइनलमा ३-१ को हार व्यहोरेको थियो । उक्त खेलमा नेपालका लागि मन्जली कुमारी योन्जनले गोल गरेकी थिइन् । समग्रमा यी दुई टोलीबीच पछिल्लो ६ महिनामा चौंथो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
 
बुधबार म्यानमारसँग खेल्ने नेपालले शनिबार भारत र मंगलबार इन्डोनेसियाको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले तेस्रो चरणमा स्थान बनाउनेछ । यसअघि भएको पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो । 

नेपाली टोलीमा 

गोलकिपर : अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ
 
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोशी, कविता धिमाल, पुजा रानामगर, मनमाया लिम्बु 

मिडफिल्ड : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी 

फर्वाडमा : रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro